२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहरी पूर्वाधार निर्माणसम्बन्धी सम्झौता

२०७३, १४ आश्विन शुक्रबार ०६:४९

असोज १४, धनगढी । धनगढी उपमहानगरपालिका कार्यालय र एसियाली विकास बैंकको आयोजना समन्वय कार्यालयबीच हालै धनगढी उपमहानगर क्षेत्रमा सहरी पूर्वाधार निर्माण गर्नेसम्बन्धी एक सम्झौता भएको छ । 

क्षेत्रीय सहरी विकास आयोजना नाम दिइएको यो पञ्चवर्षीय आयोजनाअन्तर्गत निर्माण हुने सहरी पूर्वाधारहरुमा एसियाली विकास बैंकले सहयोग रहेको बताइएको छ । 

सम्झौताअनुसार धनगढी उपमहानगरपालिका क्षेत्रलाई व्यवस्थित एवम् आकर्षक सहरका रुपमा विकास गर्न आगामी माघ महिनादेखि आवश्यक भौतिक पूर्वाधारको निर्माण गर्न लागिएको कार्यकारी अधिकृत रामलाल श्रेष्ठले बताउनुभयो । 

सम्झौताअनुसार धनगढी उपमहानगर क्षेत्रमा ४२ किलोमिटर सडकको स्तरोन्नतिका साथै, ढल निर्माण, फोहरमैला व्यवस्थापन, सामुदायिक पूर्वाधार विकास, सडकमा फुटपाथ निर्माण, सौर्य सडक बत्ती जडान, हरियाली निर्माणलगायतका मुख्य पूर्वाधारका काम गर्न लागिएको छ । 

सम्झौतापत्रमा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत श्रेष्ठ र एसियाली विकास बैंक आयोजना समन्वय कार्यालयका निर्देशक राजमान मानन्धरले हस्ताक्षर गर्नुभएको छ । 

धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा सुधार, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोबास आदि मुख्य समस्याका रुपमा रहेका छन् । 

धनगढी उपमहानगर क्षेत्रमा सडक, खानेपानीलगायतका पूर्वाधारहरु निर्माण हुन नसक्दा कतिपय वडाका बासिन्दा अझै पनि आधारभूत सेवा सुविधाबाट वञ्चित रहेका छन् । 

विसं २०३३ मा स्थापना भएको धनगढी नगरपालिकालाई झन्डै एक वर्षअघि साविकको फूलबारी र उर्मा गाविसलाई समेटेर धनगढी उपमहानगरपालिका बनाइएको थियो । यो उपमहानगरको जनसङ्ख्या हाल झन्डै एक लाख ३७ हजार रहेको छ । 

क्षेत्रीय सहरी विकास आयोजना सुदूरपश्चिमको धनगढीबाहेक अत्तरिया, झलारीपिपलाडी र महेन्द्रनगर ९भीमदत्तनगर० नगरपालिकामा पनि कार्यान्वयन हुन लागेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी