असोज १६, सुरुङ्गा | झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार स्थानीय भगवती निमाविमा भए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, सुरुङ्गा | झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार स्थानीय भगवती निमाविमा भए"/>
2026-09-19 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रगतिपथको साधारणसभा सकियो

असोज १६, सुरुङ्गा | झापाको कनकाई नगरपालिका–५, चप्रामारीस्थित प्रगतिपथ कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार स्थानीय भगवती निमाविमा भएको कार्यक्रममा अध्यक्ष नेत्रप्रसाद चिमरियाले प्रतिवेदन प्रस्तुत गर्दै १ करोड २२ लाख ६० हजार ३ सय ७६ रुपैयाँ बराबरको आय–व्यय विवरण सार्वजनिक गरे । 

जिल्ला सहकारी संघ झापाकी सल्लाहकार समिति सदस्य चम्पा सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शेयर सदस्यहरु मध्येबाट ज्येष्ठ नागरिक, जग्गादाता, असल ऋणि, मेहनती किसान र एसएलसी परिक्षामा उत्कृष्ट अङ्क हाँसिल गर्ने विद्यार्थीलाई सम्मान समेत गरियो । सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिकतर्फ अमृतमाया भट्टराई, मानवीर सार्की, जग्गादातातर्फ लक्ष्मीप्रसाद दाहाल, असल ऋणितर्फ पुण्यप्रसाद प्रसाईं, मेहनती किसानतर्फ विश्वनाथ सेलुवाल र सर्वोत्कृष्ट विद्यार्थीतर्फ रेखा बाँस्कोटा र मनिष रिजाल छन् ।

कार्यक्रममा संस्थापक अध्यक्ष छविलाल पोखरेल, भगवती निमाविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम पाठक, वायोस्याण्ड फिल्टर उद्योगका ईश्वरप्रसाद दाहाल, शेयर सदस्य पुण्यप्रसाद ओझा र विद्यालयका प्रधानाध्यापक खड्ग विमलीले मन्तव्य राखेका थिए । उपाध्यक्ष सीताराम दंगालले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक मुक्तिप्रसाद पोखरेलले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई