२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लाखौँ भाडा तिर्न बाध्य छन् प्रहरी युनिट

२०७३, १८ आश्विन मंगलवार ०३:१४

(उमा केसी) | असोज १८, रोल्पा । आफ्नै भवन नहुँदा रोल्पा जिल्लामा रहेका प्रहरी युनिटले मासिक रु एक लाखभन्दा बढी भाडा तिर्दै आएका छन् । 

माओवादी सशस्त्र युद्धमा क्षति पुगेका ती प्रहरी युनिट हालसम्म पुनःनिर्माण हुन नसक्दा भाडामा बस्न बाध्य भएका हुन् । त्यसरी भाडा तिरेर कार्यालय सञ्चालन गर्ने प्रहरी युनिटमा जिल्ला प्रहरी कार्यालय समेत रहेको छ । युद्धताका भवन क्षति नभए पनि जिल्ला प्रहरी कार्यालयले भवन अपुग हुँदा मासिक रु ४० हजारभन्दा बढी भाडा तिर्दै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । 

सशस्त्र युद्धताका जिल्लाका विभिन्न ३९ स्थानमा विस्तार भएका प्रहरी युनिटमध्ये २३ युनिटलाई क्षति पु¥याइएको थियो । शान्ति प्रक्रियापश्चात जिल्लाका विभिन्न ३६ स्थानमा प्रहरी युनिट पुनःस्थापना गरिएको भए पनि हालसम्म आठ प्रहरी युनिट मात्र आफ्नै भवनमा रहेका छन् । 

जिल्लाका इलाका प्रहरी कार्यालय सुलिचौर, पोवाङ, होलेरी, घर्तीगाउँ, सशस्त्र प्रहरी सेनामुख र कारागार सुरक्षा गार्ड आफ्नै भवनमा रहेका छन् भने इलाका प्रहरी कार्यालय उवा, पाछावाङ, थवाङ, इरिवाङ, जिनावाङ तथा प्रहरी चौकी सीर्प, पाखापानी, जेल्वाङ, माडीचौर, जुगार, भावाङ, रानागाउँ, गुम्चाल, कुरेली, गाम, कोटगाउँ धौलावाङ र बुढागाउँमा जग्गा भएको तर भवन नभएको घर्तीमगरले बताउनुभयो । भवन निर्माणका लागि उल्लेखित प्रहरी युनिटको आफ्नै जग्गा भएको समेत उहाँले बताउनुभयो । 

जिल्ला ट्राफिक कार्यालय, प्रहरी चौकी गजुल र बागमाराको भवन जग्गा र भवन दुवै नभएको घर्तीले बताउनुभयो । करिब दुई दर्जन प्रहरी कार्यालय भाडाका घरमा छन् । बर्सेनि लाखौँ भाडा तिरेर सुरक्षामा खटिनु पर्ने अवस्था छ । 

कतिपय पायक पर्ने ठाउँमा भवन भाडामा नपाइएकाले अपायकमा भाडामा बस्नुपरेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो । पारिवारिक प्रयोजनका लागि ग्रामीण क्षेत्रमा निर्माण भएका भवन कार्यालयमैत्री नहुने भएकाले साँघुरा र कच्ची घरमा कार्यालय सञ्चालन गर्नुपरेको घर्तीले बताउनुभयो । 

शान्ति प्रक्रियाको एक दशक पुग्दासम्म प्रहरी युनिट आफ्नै भवनमा बसेर सुरक्षा दिन नसक्नु दुःखद् रहेको नागरिक अगुवा सुन्दरकुमार शर्माले बताउनुभयो । शान्ति प्रक्रियाको १० वर्षमा मुस्किलले तीनवटामात्र प्रहरी युनिट बन्नु सन्तोषजनक नरहेको उहाँले तर्क गर्नुभयो । भाडाका घरमा अपराधका आरोपीलाई सुरक्षित गर्न र प्रशासनिक काम गर्न कठिन हुने गरेको प्रनाउ घर्तीमगरले बताउनुभयो । 

भाडाका घरबाट सेवा दिन गाह्रो भइरहेको र तत्काल भवन बनाउन आवश्यक रहेकोबारे जिल्ला प्रहरी कार्यालयबाट पटकपटक विभाग र सम्बन्धित निकायमा पत्राचार भने हुँदै आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ