असोन १८ पर्वत । नेपालीहरुको ठुलो चाड विजया दशमीका अवसरमा मुस्ताङबाट हजारौको संख्यामा भेँडा च्याङ्ग्रा बाहिर जिल्लामा निकासी भैरहेका छन् । हिन्दुहरुको महान चाड दशै श्ुरु भएसँगै कुश्मा बजारमा दशैका लागि आवश्यक पर्ने खसि भित्रिने क्रम जारी छ । दशैकालागि हिमालपारीको जिल्ला मुस्ताङबाट आवश्यक पर्ने खसी आउँदै छन् । बजारमा आएका खसीको मुल्य विगतका बर्षको तुलनामा उच्च रहेको पाइएको छ । प्रति खसिको मुल्य २६ हजार सम्म रहेको पाइएकको छ ।
विगतका बर्षमा मुस्ताङमा बस्ने भोटे जातिले च्याङ्ग्रा ल्याउने गरेता पनि पछिल्लो समयमा स्थानीय व्यपारीहरु आफै मुस्ताङमा पुगेर च्याङ्ग्रा ल्याउन थालेपछि खसिको मुल्य ह्वात्तै बढेको उपभोक्ता बताउँछन् ।
दशैका लागी चीन र मुस्ताङबाट घाँसा भएर सोमबार सम्ममा २१ हजार भन्दा बढी चाङ्ग्रा भित्रिएका छन् । यो बर्ष च्याङग्राबाट मात्रै १६ गते सम्म म्याग्दीमा १३ लाख ६५हजार ६सय ५० राजश्व संलकन भएको कर कार्यालय म्याग्दीका हेमराज सुवेदीले बताए । हिन्दु नेपालीहरुको महान पर्व दशै तिहारकोलागी मासुको पुर्ती गर्नको लागी नेपालको मुस्ताङ तथा जोमसोम बाट नेपालको विभिन्न प्रमुख तथा क्षेत्रिय सहरहरुमा विक्रि वितरणका गर्ने मुस्ताङ बाट म्याग्दी घासा हुदै नेपालका विभिन्न बजारमा लैजाने गरेको च्याङग्रा व्यापारी चन्द्र अधिकारीले बताए । उनले गत वर्ष पनी च्याङग्रा मुस्ताङबाट किनेर पर्वत, बागलुङ, पोखरा, काठमाडौ लैजाने गरेको बताए । अधिकारीले गत वर्ष प्रति च्याङग्रा १६ हजारमा किनेको तर अहिले मुस्ताङमानै १८ देखी २० हजार परेको बताए । व्यापारीले २० हजारमा किनको च्याङ्ग्राको मूल्य २६ हजार पु¥याएका छन् ।
त्यस्तै अर्का व्यापारी सिन्धुली घर भएका सुमन राईले पनी जोमसोममानै प्रति च्याङग्रा १८ देखी १९ हजार रुपैयामा किनेको बताए । यो वर्षको दशैको लागी मात्रै म्याग्दी घासामा रहेको मुख्य नाकाबाट २१ हजार १० चाङग्रा बाहिरिएको हेमराज सुबेदीले बताए । सुवेदीका अनुसार यी सबै च्याङग्राहरु मुस्ताङकै उत्पादन भने होईनन् । कुल उत्पादनको आधाआधी मात्र मुस्ताङका विभिन्न क्षेत्रमा उत्पादन हुन र आधा भन्दा बढी चीन बाट मुुस्ताङका स्थानीय व्यापारीने दशैको लागी २ देखी ३ महिना पहिले लिएर पाल्ने गरेको बताए । जिल्ला विकास कार्यलय म्याग्दीले प्रति चाङग्रा ६५ का दरले कर लिने गरेको र आइतबार सम्म १३ लाख ६५ हजार ६ सय ५० राजश्व संकलन भएको सुवेदीले जानकारी दिए ।
यसैविच जिल्ला पशुसेवा कार्यालय मुस्ताङका वरिष्ठ पशु विकास अधिकृत डा. नन्दलाल बर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा उजुरी परेको छ । चाडपर्वको अवसर पारेर जिल्लाबाट निर्यात हुने भेडाच्याङग्रामा घोटला गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
डा.बर्माले भेडाच्याङग्राको भेटनरी प्रमाणीकरण गरी प्रति भेडा १५ रुपैयाँका दरले शुल्क लिई ब्यापारीलाई मलेप रसिद नदिएको भन्दै सिन्धुपाल्चोकका भेडाच्याङग्रा ब्यापारी शेरबहादुर स्याङवोले जिल्ला प्रशासन कार्यालय मुस्ताङ मार्फत अख्तियारमा उजुरी दिएका हुन् ।
हामीले ५ सय वटा भेडाच्याङग्रा खरिद गरी जोमसोम ल्याई पशुसेवा कार्यालय जोमसोमका प्रमुख डा. नन्दलाल बर्मा संग भेटनरी प्रमाणीकरण गरी प्रतिगोटा भेडाच्याङग्रा रु. १५ का दरले चेकजाँच खर्च भनि राजस्व रकम बुझायौँ र हामी भेडाच्याङग्रा लिएर झ¥यौँ । म्याग्दी जिल्लामा पुगेपछि प्रहरीले हामीलाई राजस्व तिरेको रसिद देखाएपछि मात्र च्याङग्रा लैजान दिने भन्दै रोक्यो र हामी पुनः रसिद लिन पशुसेवा कार्यालय जोमसोम फर्कियौँ । रसिद नदिएको बारे बुझ्दा हामी ठगिएको महशुस गरी अख्तियारमा उजुरी दियौँ । भेडाच्याङग्रा ब्यापारी स्याङवोले भने ।
डा. बर्माले जिल्लाबाट बाहिरिने भेडाच्याङग्राको भेटनरी प्रमाणीकरण बापतको रकम लिई सोही दिन बिहानै पोखरा झेरेको र कार्यालयका अन्य कर्मचारीलाई आफुले तिरेको राजस्वको मलेप रसिद माग्दा हाकिम सावले गरेको कामको यहाँ रेकर्ड छैन बिना रेकर्ड हामीले रसिद दिन सक्दैनौँ भनि पठाएको स्याङवोले बताएका छन् ।
उनीहरुले डा. बर्मालाई कारबाही गरी आफुले तिरेको रकम दिलाई पाउँ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोलाई अनुरोध गरेका छन् । डा. बर्माले भने स्वास्थ्य परिक्षण गर्ने काम आफ्नो क्षेत्राधिकार भित्र पर्ने भएकाले गरेको र कुनैपनि आर्थिक लेनदेन नगरेकाले आफुलाई सुनियोजित रुपमा फसाउन खोजिएको प्रतिक्रिया दिए ।
सिन्धुपाल्चोक जिल्ला गोल्छा गाविस ४ का शेरबहादुर स्याङवो र सोही जिल्ला मांखा गाविस ४ का मेख बहादुर नेपालले लोमान्थाङका नुर्वु गुरुङ र मुक्तिनाथका ध्याप्के गुरुङबाट २५०÷२५० गरी ५०० गोटा भेडाच्याङग्रा किनेका थिए ।
त्यसैगरी मुस्ताङबाट बाहिरिएका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र जारी भएको छ । मुस्ताङको पशुसेवा कार्यालयले दसै तिहारका लागि निकासी भएका भेडाच्याङग्राको स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र दिएको हो ।
एक हप्ता पछिको मिति राखेर निरोगिताको प्रमाणपत्र दिइरहेका कर्मचारीहरुले रसिद नदिएको र मनपरी शुल्क लिएको ब्यवसायीले गुनासो गरेका छन् । एक पटक जारी भएको निरोगिताको प्रमाणपत्र ३ दिनका लागि मात्र लागु हुन्छ । त्यसपछि सम्बन्धित ठाउँमा पुगेर अर्को प्रमाणपत्र बनाउनुपर्छ । पशु ढुवानी मापदण्डको विपरीत जारी भएको निरोगिताको पमाणपत्र नक्कली भएको पुष्टि भएको छ । फोटोकपी पेपरमा भएको निरोगिताको प्रमाणपत्र मान्य नहुने ऐनमा उल्लेख छ । सरकारले तोकेको भन्दा फरक ढाँचा र फोटोकपीको पानामा प्रमाणपत्र जारी भएको छ । पहेलो रंगको प्रमाणपत्रमा पशुको उत्पत्ती, निकासी हुने माध्यम, लैजाने ठाउँ, संख्या, फर्म लगायतका विवरण उल्लेख गर्नुपर्छ ।
ठूलो संख्यामा रहेका भेडाच्याङग्राको एकएक गरेर स्वास्थ्य परिक्षण गर्न सम्भव नभएको पशु सेवाका कर्मचारीले तर्क गरेका छन् । पशु चिकित्सक उत्तमकुमार नेपालले आफ्नो नजरमा परेसम्मका भेडाच्याङग्राको स्वास्थ्य परिक्षण गरेर मात्रै निरोगिताको प्रमाणपत्र दिएको दावी गरेका छन् ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPटिप्सडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML