२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा दोब्बर धान उत्पादन

२०७३, १८ आश्विन मंगलवार ०८:५९

असोज १८, बझाङ । जिल्लाका १५ गाविसका कृषकले खेतमा लगाएको नयाँ धानको बीउबाट दोब्बर उब्जनी भएको बताएका छन् । 

परम्परा धानको बीउमा विभिन्नखालका रोग लाग्ने र उब्जनीसमेत नहुने भएपछि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा वितरण गरेको हरजित नाथ धानको बीउ लगाएपछि दोब्बर उब्जनी भएको हो । जिल्लाका हेन्तवाडा, डुग्री, सम्देउ, चैनपुर, गोलाई, देबल, सेलाखेत, खेइरा, भोपुर, साइलावर, मालझुली, जालतडी, सतियाँ र मलारीलगायत गाविसमा यसपाली भोकमरी हट्ने भन्दै स्थानीयवासी खुसी भएका छन् । 

“गत वर्षभन्दा दोब्बर धान फलेको छ, यसपाली भोकमरी टर्ने भयो,” जयपृथ्बी नगरपालिका– ७ का केशव खड्काले भन्नुभयो । आगामी वर्षका लागि चार बोरा बीउ राखेको उहाँको भनाइ छ । यस्नतै सोचेभन्दा दोब्बर उब्जनी भएपछि जयपृथ्वी नगरपालिका–४ खेइराका वीरबहादुर कुँवर आफूले उपभोग गरेर करिब रु २० हजारसम्मको धान बिक्री गर्ने लक्ष्य राखेको बताउनुहुन्छ । 

दुई वर्षयता जिल्ला कृषि कार्यालयले उन्नत बीउ उपलब्ध गराउन थालेपछि तरकारी, धान, गहँुको उब्जनी बढी हुने गरेको नानदेव कृषक समूहका अध्यक्ष केशव रोकाया बताउनुहुन्छ । जिल्लामा परम्परागत अन्न बालीको बीउ र पुरानै खेती प्रणालीले खाद्यान्न कम उब्जनी हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत ईश्वरीप्रसाद पोण्डेले बताउनुभयो । “यस वर्ष कार्यालयले हरजितनाथ धानको बीउ चार टन उपलब्ध गराएको थियो,” उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी