असोज २० पर्वत । नेपाल टेलिकमले जिल्लाको पातिचौर देउपुर क्षेत्रमा ल्याण्ड लाइन तथा एडिएसल इन्टरनेट सेवा विस्तार गर्ने कामलाई तिब्रता दिएको छ । पातिचौर र डिमुवामा रहेका विभिन्न संघसंस्थाले ल्याण्ड लाइनको माग गरेपछि विस्तारको कार्यलाई तिब्र पारिएको हो ।
    "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २० पर्वत । नेपाल टेलिकमले जिल्लाको पातिचौर देउपुर क्षेत्रमा ल्याण्ड लाइन तथा एडिएसल इन्टरनेट सेवा विस्तार गर्ने कामलाई तिब्रता दिएको छ । पातिचौर र डिमुवामा रहेका विभिन्न संघसंस्थाले ल्याण्ड लाइनको माग गरेपछि विस्तारको कार्यलाई तिब्र पारिएको हो ।
    "/>
2026-09-19 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पातिचौर क्षेत्रमा ल्याण्ड लाइन तथा एडिसिएल विस्तार

असोज २० पर्वत । नेपाल टेलिकमले जिल्लाको पातिचौर देउपुर क्षेत्रमा ल्याण्ड लाइन तथा एडिएसल इन्टरनेट सेवा विस्तार गर्ने कामलाई तिब्रता दिएको छ । पातिचौर र डिमुवामा रहेका विभिन्न संघसंस्थाले ल्याण्ड लाइनको माग गरेपछि विस्तारको कार्यलाई तिब्र पारिएको हो ।
    संञ्जिविनी बहुउद्देश्यीय सहकारी संस्था पातिचौरको समन्वयमा  नेपाल टेलिकम बाग्लुङ र पर्वतले पातिचौर तथा डिमुवा बजार क्षेत्रमा ल्याण्ड लाइन विस्तार गरेको हो । १ सय ८० वटा निवेदन परेकोमा  हालसम्म १ सय ४९ जनाले उक्त सेवा पाएका छन् । अन्यको भने दशै पछाडी जोडिने बताइएको छ । उक्त क्षेत्रमा रहेका २६ वटा संघसंथाले सेवा लिएका छन् । दशै लगत्तै एडिएसल इन्टरनेट लाइनको विस्तार पनि दशै पछि हुने बताइएको छ । जसको लागि १ सय जनाले माग गरेका छन् ।
    जिल्लाको चहलहपल हुने क्षेत्र भएता पनि नेपाल टेलिकमले ल्याण्ड लाइन तथा एडिएसल इन्टरनेटको विस्तार नगरेका कारण आफुहरुले सहकारीका कार्य रजिस्टरमा गर्दै आएको संञ्जिवनी      सहकारीको अध्यक्ष सागर जिसी बताउँछन् । उनले अब ल्याण्ड लाइन तथा इन्टरनेट सेवा विस्तार भएपछि  निकै सहज हुने बताए । सेवा विस्तार भएसँगै खातामा हुदै आएका आयव्ययको व्यवस्थापन अब कम्प्युटरको प्रयोगबाट गराउने तयारी गरेको जिसीको भनाई छ ।
    पातिचौर डिमुवा क्षेत्रमा नेपाल टेलिकमले ल्याण्ड लाइन तथा इन्टरसेवा विस्तार गरेपछि स्थानीयहरु खुसि भएका छन् । ल्याण्ड लाइन तथा इन्टरनेटको महसुल तिर्न संञ्जीवनी सहकारीले स्थानीय संघसंस्था तथा राजनीतिक दल र अन्य सरोकारवाला निकायसँग छलफल गरी सोही क्षेत्रमा महसुल बुझाउने सुविधा समेत व्यवस्थापन गराउनको लागि टेलिकमसँग माग गरेको छ ।
     यस अघि सो      सहकारीले टेलिफोनको लागि आबेदन फाराम वितरण तथा     फाराम र जडान शुल्क संकलन कार्य आफ्नै कर्मचारी खटाई सम्पन्न गरेको थियो । उक्त क्षेत्रमा ल्याण्ड लाइन तथा इन्टरनेटको सेवा नभएका कारण सहकारीहरुले खातामा नै आयव्यय राख्दै आएका थिए । पर्वतको हुवास, फलेवास क्षेत्रमा पनि ल्याण्ड लाइनको माग हुदै आएको छ । तर अझसम्म पनि टेलिकमले उक्त सेवा विस्तार गर्न सकिराखेको छैन ।
    यसैविच नेपाल टेलिकमले दशै तिहारको अबसरमा नयाँ अफर ल्याएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा अफर दिनुका साथै छुट प्रदान गर्ने भएको छ ।
१. डाटा अफर
जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
    सो अनुसार आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १०० एमबीको डाटा रु. ५०।( मा र २५० एमबीको डाटा रु. १००।( मा उपलब्ध गराइने छ । १०० एमबी डाटाको अवधि ५ दिन सम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।
२. नाइट डाटा अफर
जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराइने छ । सो अनुसार राती १० बजे देखि बिहान ६ बजेसम्म रु. ४०।( मा ५०० एमबी र रु. ८५। मा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने    छ ।
३. भ्वाइस कलमा छुट
जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ । सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट रु. १।३५ र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने छ ।
४. एसएमएस अफर
हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क रु. १।( भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने छ ।
५. स्थानीय टेलिफोनमा थप १०० कल निःशुल्क
कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा (एक्त्ल्रऋम्ःब् ऋ(एजयलभ ) मा रु. २००।( मा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा २०७३ असोज र कात्तिक महिनाको मासिक महसुल रु. २००।( मा थप १०० लोकल कल उपलब्त्र गराइने छ । सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ मा १०० कल थप गरी २७५ लोकल गर्न सकिने छ ।
६. एसिसिएल÷वाइम्याक्स÷एफटिटिएच सेवामा भाइलिटि थप गर्ने बताएको छ ।  दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भाइलिटि सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म भाइलिटि सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने छ । लगायतका सेवाहरु उपलब्ध गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो