महेन्द्र केसी, असोज २२ पर्वत ।  नेपाल बैंक लिमिटेड जिल्ला शाखा पर्वतले दशैमात्रै झण्डै ३० करोडको कारोबार भएको जनाएको छ । दशैको लागि एक करोड भन्दा बढीको नयाँ नोट वितरण गरेको बैकले जनाएको छ । आजको सहारान्यूज दैनिकले खबर छापेको छ ।
दशैको लागि अतिरित्त समयमा पनि सेवा द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, असोज २२ पर्वत ।  नेपाल बैंक लिमिटेड जिल्ला शाखा पर्वतले दशैमात्रै झण्डै ३० करोडको कारोबार भएको जनाएको छ । दशैको लागि एक करोड भन्दा बढीको नयाँ नोट वितरण गरेको बैकले जनाएको छ । आजको सहारान्यूज दैनिकले खबर छापेको छ ।
दशैको लागि अतिरित्त समयमा पनि सेवा द"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक सातामा ३० करोडको कारोबार

२०७३, २२ आश्विन शनिबार ०३:३१

महेन्द्र केसी, असोज २२ पर्वत ।  नेपाल बैंक लिमिटेड जिल्ला शाखा पर्वतले दशैमात्रै झण्डै ३० करोडको कारोबार भएको जनाएको छ । दशैको लागि एक करोड भन्दा बढीको नयाँ नोट वितरण गरेको बैकले जनाएको छ । आजको सहारान्यूज दैनिकले खबर छापेको छ ।
दशैको लागि अतिरित्त समयमा पनि सेवा दिएको नेपाल बैंकले एक सातामा ६ सयको हाराहारीमा चेक सटही भएको जनाएको छ ।
    सेवाग्राहीलाई दशैको बेलामा सुविधा दिनको लागि अतिरिक्त समय थप गरी विहान ७।३० बाट सेवा प्रवाह गरेको बैंकले ६० देखि ७० लाखको हाराहारीमा १ सयको नयाँ नोट सटही गरेको बैंकका शाखा प्रबन्धक यज्ञमुत्र्ति बस्यालले बताए ।
     जिल्लामा नोट बैंक नभएका कारण र राष्ट्र बैकले नयाँ नोट नपठाएका कारण सर्वसाधारणलाई १ सय भन्दा तलको सनो नोट दिन नसकेको उनले बताए । बैकले सटिक नोटमा २० को  ८ बण्डल अर्थात ८ लाख र १० को १० लाखको पुरानो नोट वितरण गरेको उनको तर्क छ ।
    सटिक नोटको लागि बाग्लुङ र म्याग्दीमा समेत सम्पर्क गरेको छ तर उपलब्ध हुन नसकेको उनले जनाए ।  माथिबाटै ५, १०, २० र ५० को नयाँ नोट नआएका कारण सर्वसाधरणलाई उपलब्ध गराउन नसकिएको तर १ सयको नयाँ नोट भने उपलब्ध गराएको बैकले जनाएको छ ।
    त्यस्तै प्रभु बैकले दशैमा ७ करोडको कारोबार गरेको जनाएको छ । भर्खर जिल्लामा शाखा खोलेको बैकले हप्तादिनमा ७ करोडको कारोबार गरेको बताएको छ । सेवाग्राहीलाई सटिक फ्रेस नोट उपलब्ध गराउन सफल भएको बैकको दाबी छ ।
    बैंकले १ सयको ७ हजार ३० वटा, ५० को १ हजार ३०, २० को १ हजार २० र ५ को १ हजार ३ सय वटा फ्रेस नोट सेवाग्राहीलाई वितरण     गरेको बैकका शाखा प्रबन्धक हेमन्तबाबु आचार्यले जनाकारी    दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी