९ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीका ग्रामीण सडकको कन्तबिजोग

२५ आश्विन २०७३, मंगलवार ०७:२१

भाडाघटाएर सडक मर्मत भएन: जिप संचालकको गुनासो  


प्रकाश बम | असोज २५,डोटी | डोटीमा परेको अविरल बर्षाका कारण ग्रामीण सडकको कन्तबिजोग भएको छ । आईत र सोमबार परेको अविरल पानीका कारण काम चलाउ मर्मत गरिएका ग्रामीण सडक  कन्तबिजोग अवस्थामा पुगेको दशै मनाउन घर गएका तेज डुम्रेलले बताए ।

जिपमा आफु चढेर जानु भन्दा जिपलाई नै धकेलेर लैजाउनु पर्ने वेला आएको डुम्रेलले बताए । दशै तिहार मनाउन देश बाहिरबाट घर आएकाहरुले सडकको दुरदशा देखेर निक्कै ठुलो गुनासो गरेका छन् ।

अर्को देशको बिकास र आफ्नो देशको विकासमा निक्कै फरक रहेको भन्दै, ‘आफु विदेशमा छँदा पनि सडकको लागि करौडौ रकम बिनियोजित गरेको फेशबुक,नेट इन्टर नेटरमा हालेको हेर्दा ग्रामिण सडकको अवस्था राम्रो भएको होला भन्ने सोचेको थिए।’ तर ‘त्यस्तो नभएको बिदेशमा काम गरेर फर्केका गगुडाका राम बमले बताए ।’

तर उता जिल्ला प्रशासन कार्यलय डोटीले ग्रामीण सडक मर्मतका लागि बिभिन्न कार्यलयहरु लाई काम बिभाजन गरेको थियो । ग्रामीण सडक मर्मतका लागि जिम्मेवारी तोकिएका कार्यलयले खासै राम्रोसंग सडक मर्मत नगरेको भन्दै स्थानिय आक्रोशित समेत भएका छन् । जन आक्रोश बढ्दै गए पछि दोस्रो पटक  प्रमुख जिल्ला अधिकारी केशब प्रसाद आश्र्चायको निर्देशनमा राजपुर देखि वायल सम्म सडक मर्मत गरिएको थियो ।

पटक–पटक झारो टार्ने किसिमले सडक मर्मत गरिए पनि ठेकेदार र उपभोक्ता समितिको लार्पावाहिका कारण यस्तो अवस्था श्रृजना भएको यात्रुहरुले बताएका छन् । मर्मतका नाममा खर्च भैरहेको करोडौं रकम कतै दुरुपयोग भैरहेको त छैन भन्ने कुरामा स्थानीयहरु   आशंका गर्न थालेका छन् । कामको वाडफाड र जिम्मेवारिमात्र बिभाजन गर्ने तर प्रभावकारी किसिमले अनुगमन अनि निरिक्षण नगरेको भन्दै स्थानियहरुले प्रशासन माथि पनि आक्रोश पोखेका छन् ।

ग्रामीण सडकमा भाडादरमा कडा गरे जस्तै सडक मर्मतमा पनि तदारुकता देखाउनु पर्ने जिप संचालकहरुको गुनासो छ । सडको यस्तो  दुरुवास्था  हँुदाहुँदै पनि यहाँका सरोकारवाला सबै कानमा तेल हालेर बसे दुर्घटनाहरु बढ्न सक्ने सजिलै ठम्याउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रेमीलाई अविवाहित भनेर बोलेको झूटलाई बचाउन २ नाबालिग छोरीको हत्या भीम रावल अराजकतावादी र व्यक्तिगत स्वार्थमा चल्ने मान्छे हुन् : विष्णु पौडेल सैफ अली खानको १ खर्ब ५० अर्ब भारूको सम्पत्ति जफत हुन सक्ने गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन यस्ता छन् मन्त्रिपरिषदका १५ निर्णय (सूचीसहित) आईसीसी यू-१९ महिला टी२० विश्वकप: जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो नेपाल प्रहरीले काठमाडौं ल्याउने क्रममा बाटोबाटै भागेका नाइजेरियन नागरिक समातिए सामाजिक सञ्जालमा किन एकाएक भाइरल बनिन् मोनालिसा ? ओली सरकार नाफाखोर र बिचौलियाको इसारामा चलेको छ- भीम रावल सल्यानमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं: गृहमन्त्री लेखक अष्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय बम्जन पक्राउ अस्ट्रेलियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, पूजाले २ ओभरमा लिइन् तीन विकेट चलचित्र ‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित ‘कारण देखाऊ’ आदेशपछि उच्च अदालत पोखरामा अब रवि लामिछानेविरुद्ध यसरी चल्नेछ प्रक्रिया यू-१९ महिला विश्वकप: जित्नै पर्ने दबाबमा नेपाल, अस्ट्रेलियाविरूद्ध पहिला बलिङ गर्ने युक्रेनसँगको युद्ध अन्त्य गर्न पुटिनलाई ट्रम्पको चेतावनी महिला यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ‘इनड्राईभ’ चालक पक्राउ