पढ्न करिब 2 मिनेट लाग्छ

विमल धामी | असोज २९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैजनाथ टोलमा रहेको दिब्य ज्योति महिला समुहको अगुवाईमा सनिवार ५ सय मिटर सडक मर्मत गरिएको समुहले जनाएको छ ।

बेल्डाँडी नगरपालिकाको बैवाह हुदै बेलौरी नगरपालिका जोड्ने कृषि सडक बिग्रिदा समेत स्थानिय निकायको ध्यान नपुगेको भन्दै सडक मर्मत गरिएको समुहकी उपाध्यक्ष खगेश्वरी भण्डारीले जानकारी गराउनु भयो ।

महेन्द्रनगर देखि दैजी, बेल्डाँडी क्याम्पु, ईमलिया,झिल्मीला, बैवाह हुदै बेलौरी नगरपालिकाको शिवनगर भुडा जाने यात्रुले सधै बस फसेर सास्ती खेप्नु परेको देख्दा उक्त सडक मर्मतका लागि पहल गरिएको हो ।

समुहकी उपाध्यक्ष खेगेश्वरी भण्डारीले भने “सरकारको मुख ताकेर कहिले सम्म बस्ने आफ्नो गाउँ आफै बनाउ भन्ने सोचका साथ सबैलाई समेटिएको बताए ।” उनले भने हाम्रो वडाको साना तिना खाल्डा पुर्ने आएको बजेट नेताहरुले कहाँ सदुपयोग गरे हाम्रो यहाँ सधै सडकमा यात्रुहरुलाई आवत जावत गर्न निकै कठिनाई परेकाले आफुहरुले पहल गरेको जनाए । समुहकी सचिव पुजा कुवरले भने हामीले हिजो मात्र सडक मर्मत गर्ने भन्ने मौखिक निर्णय गरेको यस्तो समस्या साझा रहेकोले सबैले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए । उक्त कार्यमा डाँफे मुनाल महिला समुह र सुन्दर प्रगतिशील युवा क्लवको सहयोग रहेको थियो ।