असोज ३० पर्वत ।  सामान्य लगानीबाट करोडौँ कारोबार हुन थालेपछि पर्वतकी एक उद्यमी आफैमा दंग छिन् । सामान्य लाखबाट शुरु गरेको कारोबारवाट बार्षिक रुपमा करोडको कारोबार हुन थालेपछि पर्वत मल्लाज माझफाँटकी अनीता मल्ल केसी यतिबेला हर्षित छिन् ।
    डेढ दशकअघि स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३० पर्वत ।  सामान्य लगानीबाट करोडौँ कारोबार हुन थालेपछि पर्वतकी एक उद्यमी आफैमा दंग छिन् । सामान्य लाखबाट शुरु गरेको कारोबारवाट बार्षिक रुपमा करोडको कारोबार हुन थालेपछि पर्वत मल्लाज माझफाँटकी अनीता मल्ल केसी यतिबेला हर्षित छिन् ।
    डेढ दशकअघि स"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई लाखको लगानीले करोडको कारोबार थालेपछि…

२०७३, ३० आश्विन आईतवार ०४:१३

असोज ३० पर्वत ।  सामान्य लगानीबाट करोडौँ कारोबार हुन थालेपछि पर्वतकी एक उद्यमी आफैमा दंग छिन् । सामान्य लाखबाट शुरु गरेको कारोबारवाट बार्षिक रुपमा करोडको कारोबार हुन थालेपछि पर्वत मल्लाज माझफाँटकी अनीता मल्ल केसी यतिबेला हर्षित छिन् ।
    डेढ दशकअघि सुरु     गरेको कालीगण्डकी चाउचाउ उद्योगले उनलाई करोडौ सम्पत्तीको मालीकका साथै सफल उद्यमीको रुपमा मात्रै चिनाएन उनलाई लखपतिबाट करोपति समेत बनाउनको लागि सफल बनायो ।
पर्वत बेनीमा वि.स २०६१ मा साढे दुई लाख रुपैयाको लगानीमा सुरु गरेको उद्योगबाट भएको आम्दानीले केसीले धाईरीङ ५ मिलनचोकमा घर सहित तिन वटा घडेरी किनेकी     छन् ।
    भाडाको घरबाट उद्योग सुरु गरेकी केसीले अहिले आफ्नै जग्गामा सञ्चालन गरेको उद्योगबाट घरपरिवार बाहेक चार जनालाई रोजगारी पनि दिएकी छन् । हाल पचास लाख रुपैया लगानी रहेको उद्योगबाट वार्षिक एक       करोड रुपैया बराबरको कारोबार हुने गरेको केसीले बताइन् ।
    ‘आफ्नै ब्यवसाय गर्ने सोचले सामान्य लगानीमा अरुबाट उद्योग किनेको थिए । छोराछोरी साना थिए । घरायसीसंगै उद्योगको काम गर्न निकै दुख भएको थियो’ केसीले भनिन् ‘अहिले उद्योगमा मात्र पचास लाख लगानी छ । एक      करोडको    कारोबार हुन्छ । परिवारले साथ दिनुभएको छ । सन्तुष्ट छु ।’
    उद्योगमा उत्पादन हुने दैनिक तिन सय किलो चाउमिन म्याग्दीको बेनी, दरवाङ, गलेश्वर, भुरुङतातोपानी, उत्तरी पर्वतको साथै कुश्मा र बागलुङमा बिक्री हुने     गरेको छ । आफ्नै गाडीमा चाउमीनको साथै सस बिक्री गर्न बजार पु¥याउने     गरेकी छन् ।
    उद्योगको काममा दैनिक १७ घण्टा सम्म खटिने केसीलाई दुई छोराछोरी र सासु आमाले पनि सघाएका छन् । बिदेशमा राम्रै आम्दानी हुने कम्पनीमा काम गरिरहेका श्रीमान तेजेन्द्रको पनि उनलाई साथ छ । उनका छोराछोरी बेनीको निजी विद्यालयमा पढ्छन् । सामुदायीक विद्यालयमा निजी स्रोतको शिक्षक र लघुवित्त संस्थाको जागीर छोडेर उद्यममा हात हालेकी केसीले निरन्तर संघर्ष, परिवारको साथ, ईमान्दारीता र मेहनत गर्न सकेमा सफल हुन सकिने बताउँछन् ।    
    उद्योगलाई थप व्यवस्थित र क्षमत्ता विस्तार गर्ने लक्ष्य राख्नुभएकी केसीले संगै कुखुरापालन पनि गरेकी छन् । घरायसी र उद्योगसंगै उनले सामाजिक संघ संस्थामा समय दिदै आएकी छन् ।
    घरेलु महासंघकी केन्द्रिय सदस्य रहनुभएकी केसी महिला उद्यम समिति म्याग्दीको कार्यसमिति र महिला सुधार आमा समूहको सदस्यको रुपमा सामाजिक काममा सक्रिय छन् । उद्यम ब्यवसाय गर्ने हो भने महिलाहरु आर्थिक रुपमा सम्पन्न, आत्मनिर्भर र सक्षम बन्न सक्छन भन्ने उदाहरण केसीले प्रस्तुत गर्नुभएको उनकी छिमेकी जमुना आचार्यले बताइन् । सन्तोष गौतमबाट



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी