Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पाल्पामा १३७ वटा झोलुङ्गे पुल निर्माण

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १, पाल्पा । पाल्पा जिल्लामा १३७ ओटा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई बाह्रै महिना आवतजावत गर्न सहज हुन थालेपछि उनीहरु अहिले खुसी बनेका छन् । वर्षौंदेखि खोलाले बगाउँछकी भन्दै जोखिम मोलेर यात्रा गर्ने यहाँका स्थानीय पुल बनेपछि यात्रामा निस्किदाको मनको त्रास समेत मेटिएको छ ।

यातायातको सुविधा पुग्न नसकेका दुर्गम गाउँमा खेतमा मेलापात, औषधि उपचार गर्न माइत आवतजावत गर्दा खोला तरेर जानुपर्ने बाध्या हट्दा स्थानीय महिला तथा बालबालिका हर्षित बन्दै आफ्ना गृहकार्यमा जुटेका छन् ।

पाल्पा जिल्लामा झोलुङ्गे पुलको अवधारणाअन्तर्गत केन्द्रबाट रु एक करोडको हाराहारीमा पुल निर्माण तथा मर्मतका लागि रकम निकासा हुँदै आएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख भीमार्जुन पाण्डेयले जानकारी दिनुभयो ।

पुल निर्माण र मर्मतलाई थप व्यवस्थापन गर्न नियमित मर्मत सम्भार, बृहत् मर्मत सम्भार र नयाँ निर्माण गरी तीन भागमा सञ्चालन हुँदै आएको छ । पुलको मर्मत सम्भारका लागि प्रत्येक पुलका लागि एकजना हेरालुको समेत व्यवस्था गरिँदै आएको पाण्डेयले बताउनुहुन्छ ।

चालु आवमा पाल्पा जिल्लामा सात वटा नयाँ झोलुङ्गे पुल निर्माण हुनेछन् । सात वटा पुल निर्माणपछि यहाँका स्थानीय बासिन्दालाई अझै यात्रा सहज हुने भएकाले निर्माणका लागि सहयोग गर्दै आएका छन् । रासस