पंकज धामी । कात्तीक १, दार्चुला | नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्ला जोड्ने विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माणका लागी सम्झौता भएको वषौ वितिसक्दा समेत पुल निर्माणको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी । कात्तीक १, दार्चुला | नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्ला जोड्ने विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माणका लागी सम्झौता भएको वषौ वितिसक्दा समेत पुल निर्माणको"/>
2026-06-21 08:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पञ्चायत कालमा बन्ने भनेको पुल अझै निर्माण सुरु भएन

पंकज धामी । कात्तीक १, दार्चुला | नेपालको दार्चुला र भारतको पिथौरागढ जिल्ला जोड्ने विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माणका लागी सम्झौता भएको वषौ वितिसक्दा समेत पुल निर्माणको थालनी नहुदा यस क्षेत्रका स्थानियमा निराशा छाएको छ । 

पञ्चायत कालदेखी जिल्लाको लागी गाविस वडा नं. १ लालीमा छोटी भन्सार कार्यालय समेत स्थापना भएको र त्यही बेला देखी नै दार्चुलाको लाली र पिथौरागढ जिल्लाको डौडा जोड्ने झोलुङ्गे पुल निर्माणका लागी कुरा अगाडी बढाईएको भएपनि अहिले सम्म पुल निर्माण नभएको स्थानिय दशरथ भण्डारीले बताउनु भयो । “पञ्चायत देखी नै समान ओसार पोसार गर्दा भन्सार काट्ने गर्थे” ७० वर्षिय स्थानिय भण्डारीले भन्नु भयो “त्यसपछि नेता देखी राज दुत सम्मकाले पुल निर्माण छिट्टै गर्ने भनेर भनेपनि अहिले सम्म पुल निर्माण हुन सकेको छैन् ।” नेपालमा होस या भारतमा राजनैतिक चुनाव हुदा राजनितिक दलहरुले उक्त ठाउमा पुल बन्ने आश्वासन बेला बेला दिने गरेको स्थानिय बताउछन् । वि.स. २०७१/७२ मा भारतिय राजदुताबासको सहयोगमा बनेका दार्चुलाका केही विद्यालयको उद्घाटनका क्रममा दार्चुला पुगेका नेपालका लागी तत्कालिन भारतिय राजदुत रणजित रायले पनि उक्त ठाउमा पुल निर्माणका लागी बजेट समेत घोषणा गरेको लाली वडा नं. १ का स्थानिय व्यापारी तारासिह भण्डारीले बताउनु भयो । 

“लाली र तिघरममा पुल निर्माणका लागी सँगै सम्झौता भएको हो” व्यापारी भण्डारीले भन्नुभयो “तिघरममा पुलको सिलान्यास पनि भैसक्यो तर लाली गाविसको सिमानामा पुल बन्ने नबन्ने अहिले सम्म केही जानकारी आएको छैन् ।” दार्चुलाको धौलाकोट गासिसको तिग्रम घाट र भारतको रौकिनाला जोड्ने पुल निर्माणका लागी नेपाल सरकारको केन्द्रिय स्तरबाटै ३० देखी ३५ लाख सम्मको बजेट विनियोजन भएर ९४ मिटर लामो पुलको असोज १२ गते शिलान्यास भएको गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ