2026-09-18 11:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा बन्दा-बन्दै भत्कियो सडकको नाली र पर्खाल

कात्तिक २, खोटाङ । कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडकखण्डको अर्खौले क्षेत्रमा निर्माण गरिएको नाली र पर्खाल बनाई नसक्दै भत्किएको छ । 

सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडकमुनिबाट उठाइएको पर्खाल बनाई नसक्दै भत्किएको हो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापर्बाहीले निर्माणाधीन सडकको नाली र पर्खाल बनाई नसक्दै भत्किएको स्थानीय किशोर श्रेष्ठले बताउनुभयो । 

“नालीमा प्रयोग गरिएका सिमेन्ट र बालुवाको मात्रा मिलाइएको थिएन ।” नेकपा (एमाले) खोटाङका जिल्ला सदस्य समेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “यसप्रति समयमै सम्बन्धित निकायको ध्यान गएको भए यस्तो हुँदैनथ्यो ।” 

नाली र पर्खाल निर्माणमा प्रयोग गरिएको सिमेन्ट र बालुवाको मात्रा नमिलेकै कारण बनाइ नसक्दै भत्किएको निर्माण गर्नमा सहभागी कामदारले स्वीकारेका छन् । “हामीले मात्रा मिल्दैन भनेकै हो ।” नाम नभन्ने सर्तमा एक कामदारले भने, “ज्यालादारीमा काम गर्ने कामदार न परियो, ठेकेदारले अह्राएको काम गर्दा यस्तै भयो ।” 

आयोजनास्थलमा खटिनुभएका इन्जिनियर प्रकाश चौधरीले भने सडकमा निर्माणाधीन नाली तथा गाह्रो भत्किनुका कारण लगातारको वर्षा भएको दाबी गर्नुभयो । मध्यपहाडी लोकमार्गमा पर्ने ४२ किलोमिटर सडकमध्ये हलेसीदेखि अर्खौलेसम्मको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा सूर्य कन्ट्रक्सनले लिएको हो । 

जिल्लामा निर्माणाधीन भौतिक पूर्वाधारका विषयमा स्थानीय प्रशासनले समेत चासो नदिएको स्थानीयले बताएका छन् । दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको उक्त सडक ठेकेदार कम्पनीको लापर्बाहीले तीन वर्ष पूरा हुँदा समेत सम्पन्न भएको छैन । 

एसियाली विकास बैंकको आर्थिक सहयोगमा कालोपत्रेको काम थालिएको सडक हाल फराकिलो पार्नेबाहेक केही भएको छैन । वर्षायाममा समेत सवारीसाधन सञ्चालन हुँदै आएको उक्त सडकमा अहिले फराकिलो पार्ने क्रममा सडकमा झरेको आलो माटोका कारण यातायात अवरुद्ध छ । 

जिल्लाका अन्य विकासे योजनामा समेत खबरदारी गर्न आवश्यक रहेको नेकपा (माओवादी केन्द्र) खोटाङकी सचिव दुर्गाजयन्ती राईले बताउनुभयो । “जिल्लामा भइरहेको विकास निर्माणका योजना जिल्लावासीकै हो ।” पूर्व सांसद समेत रहनुभएकी राईले भन्नुभयो, “यसप्रति हामी सबैले खबरदारी गर्नुपर्छ ।” 

जिल्लामा निर्माणाधीन सडक मात्र नभई सबैजसो विकासे योजनामा ठेकेदारले लापर्बाही गर्ने गरेको पाइएको छ । केही वर्षअघि निर्माण सम्पन्न भएको जिल्ला विकास समितिको भवनसमेत कम गुणस्तरीय रहेको बताइएकोछ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई