ललित बोहरा/कात्तिक ३, डडेल्धुरा । गत आर्थीक वर्षमा मर्मत नगरिदा महकाली राजमार्ग क्षतीग्रस्त बनेको छ । 

डोटीको गैरा देखी बैतडीको अनरखोली सम्मको डडे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/कात्तिक ३, डडेल्धुरा । गत आर्थीक वर्षमा मर्मत नगरिदा महकाली राजमार्ग क्षतीग्रस्त बनेको छ । 

डोटीको गैरा देखी बैतडीको अनरखोली सम्मको डडे"/>

२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महकाली राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दो

२०७३, ३ कार्तिक बुधबार १३:१५

ललित बोहरा/कात्तिक ३, डडेल्धुरा । गत आर्थीक वर्षमा मर्मत नगरिदा महकाली राजमार्ग क्षतीग्रस्त बनेको छ । 

डोटीको गैरा देखी बैतडीको अनरखोली सम्मको डडेल्धुरा जिल्लामा पर्ने महाकाली राजमार्ग मर्मतका लागि गत वर्ष ठेक्का भए पनि ठेकेदारले काम नगर्दा सडक जिर्ण बनेको हो । गत आर्थीक वर्ष २०७२/०७३ मा मर्मत सम्पन्न गरि सक्नु पर्ने भए पनि  निर्माणको जिम्मेवारी पाएको कम्पनीले काम नगर्दा महाकाली राजमर्ग  जिर्ण हुँदा यातायात संचालनमा समस्या भएको छ । महाकाली राजमार्गको गैरा देखी अनारखोली सम्म मर्मत गर्ने जिम्मेवारी पाएको विरमष्टा कन्ट्रक्सनले सडकको मर्मत गरेको छैन । 

महाकाली राजमार्गको हगुल्टेको लेक देखी अनार खोलीका विभिन्न स्थानमा सडकमा ठुल्ठूला खाल्टा परेका छन् । केही स्थानमा सडक बिचमै धसेको छ । विरमष्टा कन्ट्रक्सनले काम गर्ने जिम्मेवारी पाएको  भएपनि विभिन्न कारणले गत आर्थीक वर्षमा काम नगरेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका ईन्जिनियर महानन्द जोशीले वताएका छन । ठेकेदारको लापपरवाहीका साथै नाकावन्दी र यस बर्ष छिट्टै वर्षा भएका कारण महाकाली राजमार्गको मर्मत कार्य हुन नसकेको जनाईएको छ । 

सडक मर्मतका लागी यस बर्ष छिट्टै टेण्डर आव्हन गर्ने तयारी भईरहेको ईन्जिनियर जोशीले वताएका छन । निर्माणको जिम्मेवारी पाएको निर्माण कम्पनी विरमष्टालाई कारवाहीको तयारी भईरहेको उनले वताएका छन । 

सडकका विच विचमा खाल्खुल्टी हुँदा यातायात संचालनमा समस्या हुने गरेको सवारी साधन चालकको भनाई छ । सुदुरपश्चिमका सातवटा पहाडि जिल्ला जोड्ने एक मात्र महाकाली राजमार्ग क्षतीग्रस्ता हुँदा सम्म डिभिजन सडक कार्यालय कुलपाते भने मुख दर्शक वनेको  राप्रपा नेपाल डडेल्धुराका अधयक्ष टेकराज पनेरुले वताएका छन । काम गर्ने जिम्मेवारी लिने तर काम नगर्ने ठेकेदरालाई कारवाहीको दायरामा ल्याउन आवश्यक रहेको अध्यक्ष पनेरुलदे वताए ।

हगुल्टे लेकमा सडक आफैमा चिप्लो रहेको छ । त्यसैमा विचमा खाल्टा खुल्टी हुँदा यातायात संचालनमा समस्या हुने गरेको सावारीका साधन चालकको गुनासो छ । सडकको विचमा रहेका खाल्टा खुल्टीलाई वचाउन सडक किनारामा चलाउँदा दुर्घटना हुने जोखिम रहेको यातायात चालकको भनाई छ ।

खाल्टा खुल्टीमा माटो हालेर झारो टार्ने काम गरिएको छ । काम नगरीकनै रकम फ्रिज हाल्ने ठेकेदारलाई कालो सुचीमा राखेर कारवाही गर्नु पर्ने यातायात व्यवसायीको माग छ ।  नयाँ आर्थीक वर्षको एक चौमासिक सकिदा सम्म पनि काम नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याउन सकिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा