साजन परियार/कात्तिक ४, पर्वत
गत बैशाख १२ गतेको भुकम्पले भत्काएको पर्वतको एक विद्यालयको पुर्ननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको शंकरपोखरी –८ स्थित बालज्योती प्राथमिक विद्यालयको पुर्ननिर्माणका लागि रोजगारीका लागि लण्डन बस्दै आएका नेपालीहरुले  झ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार/कात्तिक ४, पर्वत
गत बैशाख १२ गतेको भुकम्पले भत्काएको पर्वतको एक विद्यालयको पुर्ननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको शंकरपोखरी –८ स्थित बालज्योती प्राथमिक विद्यालयको पुर्ननिर्माणका लागि रोजगारीका लागि लण्डन बस्दै आएका नेपालीहरुले  झ"/>
२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यालयलाई प्रवासीको सहयोग

२०७३, ४ कार्तिक बिहीबार १०:१०

साजन परियार/कात्तिक ४, पर्वत
गत बैशाख १२ गतेको भुकम्पले भत्काएको पर्वतको एक विद्यालयको पुर्ननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको शंकरपोखरी –८ स्थित बालज्योती प्राथमिक विद्यालयको पुर्ननिर्माणका लागि रोजगारीका लागि लण्डन बस्दै आएका नेपालीहरुले  झण्डै साढे ५ लाख भन्दा बढि नगद सहयोग गरेका हुन् । पर्वतको कुश्मा घर भई हाल लण्डन(यू के) मा बस्दै आएका दिपककुमार जोशीको सक्रियतामा माईडस्टोन गोर्खा नेपालीज् कम्युनिटी यूके मार्फत संकलन भएको ५ लाख ६६ हजार रुपैया आज एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
दलित समुदायका विद्यार्थी मात्र अध्ययनरत उक्त विद्यालयको सबै भवन पूर्ण रुपले भत्किदा पठानपाठनमा समस्या भएको थियो  । भुकम्पका कारण जीर्ण अवस्थामा पुगेको विद्यालयलाई नयाँ ठाउँमा स्थानान्तरण गरि पुन ः निर्माणका सहयोग गरि विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफुहरुले उक्त रकम सहयोग गरेको जोशीले बताउनु भयो । लण्डनमा बस्दै आएका नेपालीहरुले भुकम्पवाट प्रभावित बनेका विद्यालयहरुको पुर्ननिर्माणका लागि अरु सहयोग पनि उठाउने र भविष्यमा विपदमा परेका जुनसुकै विद्यालयलाई पनि आफुहरु सहयोग गर्न इच्छुक रहेको बताउन्ु भयो । उक्त कार्यक्रममा विद्यालयका प्रधनाध्यापक हरिप्रसाद तिवारीले विद्यालयको भौतिक विकासका व्यक्तिगत १० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै सोही कार्यक्रममा विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष कृष्णवहादुर वि.क र शिक्षक अभिभावक संघका अध्यक्ष जुध्दवहादुर विकले ५÷५ हजार सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
कार्यक्रममा बोल्दै  जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले भुकम्पग्रस्त विद्यालयको पूर्ननिर्माणमा प्रवासीहरुले गरेको सहयोग प्रशंशानिय रहेको बताउनु भयो । उहाँले विद्यालयको भौतिक निर्माणका लागि जिल्ला शिक्षा कार्यालर्यले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अधिकृत क्षेत्रीले दाताहरुले दिएको सहयोगलाई सफलतापूर्वक कार्यान्वयन गर्न शिक्षक र अभिभाकबीच सहकार्यको आवश्यकता रहेको बताउनु भयो । विद्यालयको शैक्षिक सुधारका लागि  शिक्षक, अभिभावक र विद्याथीहरु विच नङ मासुको सम्वन्ध भएको बताउँदै विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक थप जिम्मेवारी हुनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक हरि तिवारीले भुकम्पले विद्यालयको भवनमा क्षति पु¥याएपछि पठानपाठनमा समस्या भएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । विद्यालयलाई माईडस्टोन गोर्खा नेपालीज् कम्युनिटी यूकेले गरेको सहयोगमा आभार व्यक्त गदै सहयोगलाई सदुपयोग गरी भवन निर्माण गर्न सहकार्य र समन्वय गर्ने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णवहादु्र विकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस गाउँ कार्य समिति शंकरपोखरी पार्टी सभापति अर्जुनवहादुर के सी, नेकपा एमाले गाउँ कमिटी उपसचिव यज्ञ पौडेल, एनेकपा माओवादी शंकरपोखरीका उपसचिव विष्णुप्रसाद भुषाल, विद्यलय निरिक्षक झकप्रसाद गौत्तम, त्रिभुवन उच्च मा.वि शंकरपोखरी श्रोत केन्द्रका श्रोत व्यक्ति ढकप्रसाद तिवारी, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष्य चुडामणि शर्मा, लायन्स क्लव अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३ सय २५  बी वान नेपालका रिजन चेयरपर्सन बसन्तकुमार कर्माचार्य, लायन्स क्लवका जि.यल.टी.कोडीनेटर लेखनाथ उपाध्याय, विद्यालय व्यवस्थापन समिति सदस्य कुलवहादुर वि.क,शिक्षक अभिभावक संघका अध्यक्ष जुघ्दवहादुर वि.क, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बावुराम सुनार, पूर्व वडाध्यक्ष हिमलाल सुनार, राम मा.विका प्रध्यानाध्यापक विष्णुप्रसाद भुषाल लगायतले बोल्नु भएको थियो । उक्त कार्यक्रममा गायक तथा सञ्चारकमीले गितका माध्यमवाट कार्यक्रमलाई रोमञ्चित बनाउनु भएको थियो । बालज्याती प्राथमिक विद्यालयका शिक्षिका गिता वि.कको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक नारायण सापकोटाले गर्नुभएको थियो ।
 
वि.स २०४७ सालमा स्थापना भएको विद्यालयमा हाल ८२ जना विद्यार्थीहरु अध्ययानरत छन् । वैशाख १२ गतेको भुकम्प पछि कक्षाकोठाहरुको पुर्ननिर्माणका लागि काम शुरु भएपनि हालसम्म निर्माण कार्यले आर्थिक समस्याका कारण गति लिन नसकेको विद्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ