2026-09-19 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पामा ९ वटा स्थानीय तहको प्रस्ताव

कात्तिक ११, रोल्पा । रोल्पा जिल्लामा ९ वटा स्थानीय तहको खाका प्रस्ताव गरिएको छ ।

स्थानीय तह पुनः सरचना प्राबिधिक सहयोग समिति रोल्पाले पत्रकार सम्मेलन गरेर एक नगरपालिका र आठ गाउँपालिका गरि ९ वटा स्थानीय तह रहने खाका सार्वजनिक गरेको हो ।

लिवाङ नगरपालिका को केन्द्र लिवाङ, त्रिवेणी गाँउपालिकाको केन्द्र त्रिवेणी वा जुगाँर, रुन्टीगढी गाँउपालिकाको केन्द्र होलेरी, सुकिदह गाँउपालिकाको केन्द्र पुत्लाखेत, शिबपुरी गाँउपालिकाको केन्द्र सुखाओडार रहने गरी प्रस्ताव गरिएको छ । त्यस्तै  माडी गाँउपालिकाको केन्द्र घर्तीगाँउ, लुङ्ग्री गाँउपालिकाको केन्द्र सुलिचौर, सुनछहरी या जलजला या सुनछहरी जलजला गाउँपालिकाको केन्द्र पोवाङ र बराहक्षेत्र गाउँपालिकाको केन्द्र किलाचौर हाजवाङ रहने खाका प्रस्ताब गरिएको स्थानीय तह पुनः सरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी सुशिल वैद्यले जानकारी दिए ।

प्रस्ताबित खाका सुझाव सकंलन र गाँउ गाँउमा छलफलका लागी सार्वजनिक गरिएको र यो नै अन्तिम नभएको वैद्यले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई