कात्तिक १२, सुरुङ्गा(झापा) | नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ । 

चाडपर्वका बे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, सुरुङ्गा(झापा) | नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ । 

चाडपर्वका बे"/>

2026-06-21 07:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापामा विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान

कात्तिक १२, सुरुङ्गा(झापा) | नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गरेको छ । 

चाडपर्वका बेला विद्युत् चुहावट अत्यधिक हुने तथ्यलाई ध्यानमा राखेर चुहावट नियन्त्रणका लागि प्राधिकरणले विशेष अभियान सुरु गरेको होे । विद्युत् चुहावटका कारण चाडपर्वको समयमा ट्रान्सफर्मर बढी बिग्रने गरेकाले चुहावट नियन्त्रण अभियान बिहीबारदेखि सुरु गरिएको केन्द्र प्रमुख राजीवकुमार सिंहको भनाइ छ । 

अभियानअन्तर्गत खुदुनाबारी, शनिश्चरे, चम्पापुर, सुरुङ्गा, दहीझोडा, जुकेखाडी, दुर्गापुर लगायतका क्षेत्रबाट ठूलो परिमाणमा विद्युत् मिटर, मिलमा प्रयोग गरिएका ठूला मोटर र पानी तान्ने मोटरसहित विभिन्न इलेक्ट्रोनिक्स सामग्री बरामद गरिएको केन्द्र प्रमुख सिंहले जानकारी दिनुभयो । 

केन्द्र प्रमुख सिंहका अनुसार खुदुनाबारीबाट विद्युत् चोरी गरी मिल सञ्चालन गरेकै अवस्थामा एक थान मोटर बरामद गरिएको छ । त्यस्तै, घरमा जडान गरिएका मिटरबाट विद्युत् चोरी गरेकाहरुबाट २६ थान मिटर समेत जफत भएको छ । 

त्यसैगरी, सिँचाइका लागि प्रयोग हुने तीन वटा ठूला मोटर बरामद भएको बताइएको छ । एक इञ्चको एउटा मोटर र आधा इञ्चका दुईटा मोटरसमेत अनुगमन टोलीले बरामद गरेको छ । 

प्राधिकरणका इञ्जिनियरका धिरेन्द्र बजगार्इंको नेतृत्वमा गएको टोलीले घरमा जडान गरिएका साउन्ड सिस्टम, राइस कुकर, कालो तारलगायतका सामग्री समेत बरामद गरेको छ । 

पहिलो चरणमा सामान मात्रै बरामद गरिएको र पुनः त्यस्तो भएको पाइए मानिसलाई समेत पक्राउ गरी कानुन बमोजिम कारवाही अघि बढाइने केन्द्र प्रमुख सिंहले बतउनुभयो । 

बिहीबार बरामद सामग्रीको मूल्य चार लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ । झापामा विद्युत् चुहावट दर २२ प्रतिशतबाट अहिले १७ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ