2026-09-18 08:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वास्थ्य चौकीलाई १२ लाख मूल्यको जग्गादान

कात्तिक १२, बेनी (म्याग्दी) । ओखरबोट गाविसको एक स्वास्थ्यचौकीलाई स्थानीय एक व्यक्तिले १२ लाख मूल्य बराबरको जग्गादान गरेका छन् । स्वास्थ्यचौकीलाई जग्गा अभाव भएपछि ओखरबोट–४ का पूर्वप्रधानपञ्च तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्तिमगरको परिवारले १२ लाख मूल्य पर्ने तीन रोपनी जग्गादान गरेका हुन् । 

“स्वास्थ्यचौकीलाई घर्तिमगरको परिवारले १२ लाख मूल्य बराबरको जग्गा दिनुभएको छ, भवनका लागि बजेटसमेत परेको जानकारीले थप उत्साहित छौँ,” स्वास्थ्यचौकी विकास समितिका सदस्य रेशम पुनले भन्नुभयो । 

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अनुसार १२ लाख २२ हजार मूल्य बराबरको चार रोपनी तीन पैसा तीन दामको जग्गाको लालपुर्जा हस्तान्तरण भइसकेको छ । जिल्लाको दुर्गम क्षेत्रमा अवस्थित ओखरबोट गाविसमा नियमित सडक सञ्जाल सञ्चालन नहुँदा त्यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाएका छैनन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई