2026-09-19 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पामा ढाकाको कपडाको कारोबारमा वृद्धि

कात्तिक १२, पाल्पा । बारा निजगढका धिरज अधिकारीले पसलबाट बुबालाई ढाकाटोपी तथा आमा र दिदीलाई चोलीका लागि ढाका कपडा कोसेली किन्नुभयो । उहाँ मात्र होइन पाल्पा भम्रणमा आउने अधिकांश पर्यटकले ढाकाका कपडा लिएर मात्र फर्किने गरेका छन् । 

तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र दिदीबहिनीलाई ढाका कपडाको कोसेली उपहार दिने चलन छ । त्यसैले जिल्लामा ढाका कपडाको कारोबारमा वृद्धि भएको हो । यहाँका ढाका कपडाका पसल बिहानैदेखि आन्तरिक पर्यटकले खचाखच भरिएका छन् । 

जिल्लामा वार्षिक रु २० करोड बराबरको कारोबार हुने गरेको पाल्पा उद्योग वाणिज्य सङ्घका महासचिव यादव कार्की बताउनुहुन्छ । पाल्पाली ढाकाको माग बर्सेनि बढ्दो छ । “ढाका पसलेले वार्षिक रु पाँच लाखदेखि रु ३० लाखसम्म कारोबार गर्छन्,” उहाँले भन्नुभयो । 

आन्तरिक पर्यटकका कारण ढाका कपडाको कारोबारमा वृद्धि भएको ढाका पसलका सञ्चालक मनोज पौड्यालले बताउनुभयो । “उपहारका रुपमा लैजाने चलन अत्यधिक छ,” उहाँले भन्नुभयो । शौक्षिक भ्रमणमा गर्नेको सङ्ख्या दैनिक बढ्दै जाँदा ढाकाको कपडाको कारोबारमा समेत वृद्धि हुन थालेको छ । 

टोपी, चोली, पछेरामा मात्र सीमित पाल्पाली ढाकामा विविधिकरण भएपछि ढाका कपडाको व्यापार अझै फस्टाउँदै गएको छ । अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट दिन मिल्ने सामान उत्पादन हुन थालेपछि यसको बजार फराकिलो हुँदै गएको पौड्यालको भनाइ छ । 

जाडो याममा बढी मात्रामा ढाकाको कपाडको कारोबार हुन्छ । ढाका कपडा लुम्बिनी, गण्डकी, भेरी, राप्ती, बागमती अञ्चलका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा समेत ढाका कपडा बुन्ने र ढाकाको तयारी पोसाकसमेत उत्पादन हुन थालेको छ । ढाका कपडामा काम गर्ने अधिकांश महिलाले मासिक रु पाँच हजारदेखि रु २० हजारसम्म आम्दानी गर्ने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई