2026-06-17 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलालीमा पुरानै सर्वेअनुसार हुलाकी राजमार्ग निर्माण हुने

कात्तिक १२, कैलाली । कैलालीको वसन्ता वन क्षेत्रको ९० हेक्टर अतिक्रमण खाली गराउन स्थानीयवासीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पुरानै सर्वेअनुसार काम गर्ने सहमति भएको छ । 

कैलालीको रतनपुर– ५ वसन्तामा बिहीबार आयोजित वृहत छलफलमा वसन्ता जैविक मार्गमा पर्ने ९० हेक्टर अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन स्थानीयवासीले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि जिल्ला वन कार्यालयले पुरानै नक्साङ्कनअनुसार हुलाकी सडक निर्माण गर्न दिने सहमति जनाएको छ । 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले, हुलाकी सडक निर्माण आयोजनाका प्रमुख तुरुन्त मण्डल र राजनीतिक दलका प्रतिमण्डललगायत स्थानीय बासिन्दाबीच वृहत छलफल भएपछि सो सहमति भएको हो । 

छलफलमा जिल्ला वन अधिकृत रमेश चन्दले वसन्तामा अतिक्रमण गरी बसेकालाई हटाउन स्थानीयवासीले सहयोग गरेमा वन कार्यालयले पुरानै सर्वेअनुसार सडक निर्माण गर्न दिने बताउनुभयो । 

पवेरा गाविस –४ का पूर्वअध्यक्ष पर्शुराम चौधरीले सरकारको राष्ट्रिय नीति र जनताको माग अनुसार जङ्गलको उत्तर दिशातर्फबाट हुलाकी बाटो बनाउने रहेकाले यसका लागि यहाँका जनताले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

वसन्ता जैविक मार्गको अस्तित्व सङ्कटमा पर्ने भन्दै जिल्ला वन कार्यालय कैलालीले हुलाकी सडकको नक्साङ्कन परिवर्तनको अडान लिएपछि लामो समयदेखि कैलालीमा पर्ने हुलाकी राजमार्गको निर्माण कार्य रोकिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु