दोलखा, १४ कात्तिक । दोलखालाई एक नगरपालिका र आठ वटा गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलले सहमति गरेका छन् । 

दलको बैठकले स्थानीय निकाय पुनः"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दोलखा, १४ कात्तिक । दोलखालाई एक नगरपालिका र आठ वटा गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलले सहमति गरेका छन् । 

दलको बैठकले स्थानीय निकाय पुनः"/>

2026-09-19 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोलखामा ९ पालिका, कुन गाविस कुन पालिकामा ?

दोलखा, १४ कात्तिक । दोलखालाई एक नगरपालिका र आठ वटा गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलले सहमति गरेका छन् । 

दलको बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगलाई एक नगरपालिका र आठ वटा गाउँपालिका सिफारिस गर्ने सहमति गरेको हो । योसँगै यसअघि नै जिरी, माली र ठूलोपातल गाविस जिरी नगरपालिका घोषण भएको भए पनि गाउँ पालिका बन्ने पक्का भएको छ । जिरी गाउँपालिकामा थप श्यामा गाविस थपिएको छ । 

नौ वटा पालिकाभित्र सिमाना, वडा र पालिकाको केन्द्रको विषयमा भने टुङ्गो लागेको छैन । यो विषयमा थप छप छलफल गरी कात्तिक १९ गते निर्णयक बैठक बस्ने सहमति समेत दलले गरेका छन् । 

यसअघि आयोगले तोकेको सात वटा नगरपालिका तथा गाउँपालिकाको सङ्ख्यामा राजनीतिक दलको सहमति बन्न नसकेपछि जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सबैको सहमतिमा नौ वटा पालिकाको सिफारिस गरेको थियो । 

आयोगको पछिल्लो निर्देशन अनुसार सातदेखि ११ वटासम्म पालिका हुने गरी स्थानीय निकायको सङ्ख्यामा सिफारिस गर्न निर्देशन दिएको थियो । 

कुन गाविस कुन पालिकामा ?


क्र.श. 

पालिकाको नाम

समावेस गाविस/नगर

गौरीशङ्कर गाउँपालिका

गौरीशङ्कर, खारे, चंखु, मार्बु, सुरी, झ्याँकु र जुँगु
२ 

जिरी गाउँपालिका

श्यामा र जिरी नगरपालिकाको सबै वडा 

हनुमान्तेश्वर गाउँपालिका

क्षेत्रपा, काब्रे, नाम्दु, मिर्गे र गैरीमुदी

तामाकोसी गाउँपालिका

भीरकोट, झुले, जफे, मालु, सहरे, च्यामा र हावा 

शैलुङ गाउँपालिका

मेलुङ, डाँडाखर्क, भेड्पु, घ्याङसुकठोकर, पवटी र शैलुगेश्वर

चर्नावती वा देउराली गाउँपालिका

 फस्कु, काटकुटी, मागापौवा, ताम्चेदुधपोखरी, भुषाफेदा र (लाँकुरीडाँडा)

भीमेश्वर नगरपालिका

बोच, भीमेश्वर नगरपालिका, सुस्पाक्षमावती र (लाँकुरीडाँडा)

कालिञ्चोक गाउँपालिका

सुन्द्रवती, सुनखानी, लापिलाङ, लामिडाँडा, बाबरे र कातिञ्चोक
लामाबगर गाउँपालिका विगु, आलम्पु, खोपाचागु, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामाबगरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई