Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डडेल्धुरा जिल्लामै पहिलो प्याथोलोजी तथा रिसर्च सेन्टर सञ्चालनमा ।।

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p style="text-align: justify; ">पुष्कर भण्डारी/कार्तिक १४ डडेल्धुरा – डडेल्धुरा लगायत सुुुदरपश्चिमका सात पहाडी जिल्लाका नागरिकलाई डडेल्धुरामा नै डाईग्नोसिस सेवा उपलब्ध गराउन प्याथोलोजी तथा रिसर्च सेन्टर सञ्चालनमा आएको छ । यस क्षेत्रका विभिन्न समस्या भएका विरामीलाई सेवा दिने उद्देश्यले डडेल्धुराको तुफानडाँडामा पहिलो पटक निजि क्षेत्रको प्याथोलोजी तथा रिसर्च सेन्टर सञ्चालनमा आएको हो । लक्ष्मिपुजाको अवसर पारि सञ्चालनमा आएको विर बेताल प्याथोलोजी तथा रिसर्च सेन्टरले रगत, दिशा, पिसाव, खकार, विर्य र अन्य शरिर, सिएस थाईराईडको ईग्जामिनेसन गर्ने छ । सेन्टरको उद्घाटनका क्रममा निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थिले सुदुरपश्चिम लगायत नेपाल भरी नै शिक्षित युवा युवतीहरुले प्रमाण पत्र प्राप्त गर्ने बित्तिकै रोजगारका लागी भौतारिने परिपाटि रहेको बताउदै स्थानिय ऐरले डडेल्धुरामा गरेको स्वस्थ्य क्षेत्रको सेवाले यस क्षेत्रका हजारौ विभिन्न रोगको संक्रमण भएका विरामीले औषधी उपचारका लागी विभिन्न स्थानमा भौतारिनु नपर्ने बताएका थिए । डडेल्धुरामै सञ्चालनमा आएको प्याथोलोजी रिसर्च सेन्टरले सुदुरपश्चिमका पहाडी जिल्लाका विरामीहरुलाई निकै फाईदा पुग्ने विश्वास लिएको उपक्षेत्रिय अस्पताल डडेल्धुराका डा.उर्मिला लामाले बताईन । लामो समय देखि नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा शाखाले सञ्चालनमा ल्याएको रगत सञ्चय केन्द्र ब्लड बैंकको प्रमुख रहेर काम गरिरहेका सेन्टरका सञ्चालक टेक्नोलोजिष्ट गणेश ऐरले आफ्नो शिक्षा तथा कामको अनुभवका आधारमा यहाँका नागरिकलाई सेवा प्रदान गर्ने बताएका छन ।</p><p style="text-align: justify; "><br></p>