सन्तोषकुमार गुप्ता/कात्तिक २१, देउखुरी । प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिसहनियाँले अगामी आर्थिक बर्ष २०७३/०७४ मा शेयर सदस्यहरु लक्षित गाउँ केन्द्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/कात्तिक २१, देउखुरी । प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिसहनियाँले अगामी आर्थिक बर्ष २०७३/०७४ मा शेयर सदस्यहरु लक्षित गाउँ केन्द्र"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रभात सहकारीको ११ बुँदे गाउँ केन्द्रित योजना सार्वजनिक

२०७३, २१ कार्तिक आईतवार ०९:५८


सन्तोषकुमार गुप्ता/कात्तिक २१, देउखुरी । प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिसहनियाँले अगामी आर्थिक बर्ष २०७३/०७४ मा शेयर सदस्यहरु लक्षित गाउँ केन्द्रित ११ बुँदे आयोजना सार्वजनिक गरेको छ । संस्थाको शनिबार सिसहनियाँमा भएको चौथो बार्षिक साधारणसभामा यस्तो योजना सार्वजनिक गरिएको हो । 

संस्थाले आर्थिक बर्ष २०७३/०७४ मा बचत चता ऋण प्रभावलाई परिमार्जन गरी संस्थाको कार्य क्षेत्र भित्रका सम्पूर्ण गाउँ टोलमा ५ देखि २० सदस्यीय सम्म समुह गठन गरी कारोबार सञ्चालन गर्ने, हाल सम्म सिसहनियाँ गाविसमा मात्र कार्यक्षेत्र बनाएकोमा अगामी आर्थिक बर्ष देखि छिमेकी गाविस लालमटिया र लमही नगरपालिकामा आफ्नो सेवा बिस्तार गर्ने, शेयर सदस्य संख्या बृद्धि गरी ९४५ पु¥याउने योजना अघि सारेको छ । 

त्यस्तै शेयर पुँजी बृद्धि गरी ३८,००,००० पु¥याउने, कुल बचत रु. ६५,००,००० पु¥याउने, ऋण लगानी बृद्धि गरी ९५,००,००० पु¥याउने, भाका नाघेको ऋणलाई ५ प्रतिशत सिमित गर्ने शेयर सदस्य तथा गठित समूहहरुलाई सहकारी शिक्षा तथा अन्य सिप तथा व्यवसाय मुलक विभिन्न बिषयमा १० वटा तालिम तथा गोष्ठी सञ्चालन गर्ने, शेयर सदस्यहरुको घरदैलोमा गई सदस्य अवलोकन गरी राय सल्लाह र सुझावहरु संकलन गरी समाधानको लागि पहल गर्ने र कम्प्युटर सफ्टवेयर माध्यमबाट दैनिक कारोबार गर्ने संस्थाका सचिव बसन्तकुमार चौधरीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष सनिराम चौधरीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन गदै सांसद गंगा चौधरीले सहकारीको नारालाई परिमार्जन गरी अब गाउँ—गाउँमा सहकारी, युवाहरुलाई स्वरोजगारी सहित कार्यक्रम सञ्चालन गर्नु पर्ने बताईन् । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी थारुले सहकारीमा बचत तथा ऋण कारोबार मात्र नभई युवा तथा महिलाहरलाई सिप तथा आयआर्जन मुलक तालिम सञ्चालन गर्नु पर्ने बताईन् । 

उनले सहकारी संस्थाले स्वरोजगारमूलक योजना बनाएर सञ्चालन गर्न आए आफ्नो सांसदकोषको रकम र गरिबी निवारण कार्यक्रमबाट बजेट बिनियोजनका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छि । कार्यक्रममा बिशिष्ट आतिथ्यको आसनबाट बोल्दै राष्ट्रिय सहकारी बैङ्कका प्रबन्धक नारायण बेल्बासेले सहकारी संस्था बचत तथा ऋण कारोबार गर्ने मात्र नभई शेयर सदस्यहरुको आर्थिक, समाजिक, सांस्कृतिक अवस्था सुधारका लागि बिशेष योजना बढाउनु पर्ने सुझाब दिएका छन् ।

संस्थाकी उपाध्यक्ष मधु अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको सभामा संस्थाका सचिव बसनतकुमार चौधरीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद चौधरीले आर्थिक बर्ष २०७२/०७३ को ८८ लाख ९७ हजार ९ सय ७ रुपैयाँ ७४ पैसाको आय—व्यय तथा आर्थिक बर्ष २०७३/०७४ को २ करोड १९ लाख ५० हजार बराबरको अनुमानित बजेट सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 


सभामा दाङ बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष किरण भण्डारी, सिसहनियाँ गाविसकी निर्वतमान अध्यक्ष शिवा शर्मा, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बिसी, सर्वहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दयाराम चौधरी, सिसहनियाँ प्रहरी चौकीका इन्चार्ज यज्ञमणि बैद्धिक, देउकी कृषि सहकारी संस्थाकी कमला बेल्बासे, पत्रकारद्धय धर्मराज अधिकारी, सागर थापा, शेयरसदस्यहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी र सुन्दरप्रसाद चौधरी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

यसैगरी सभाले उत्कृष्ट बाल बचतकर्ता जिसन चौधरी, उत्कृष्ट ऋणी राजु चौधरी, उत्कृट समूह उत्साहित महिला समुह कालापानीलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ । उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका कार्य समिती सदस्य ओमप्रकाश गुप्ताले गरेका थिए । 

सभाको बन्दसत्रले बर्तमान कार्यसमितीले चीत बुझदो कार्य नगरेको तथा आर्थिक स्पष्ट, पारदर्शिता नभएको कारण सहित कार्यसमिती बिरुद्ध दर्ता भएको अबिश्वासको प्रस्ताब बहुमतले पारित भएको छ । प्रस्ताब पारित संगै बर्तमान कार्य समिती बिघटन भएको छ । नयाँ कार्य समिती चयनका लागि कात्र्तिक २७ गते बिशेषसभा गर्ने निर्णय गरेको छ ।  

    

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ