सन्तोषकुमार गुप्ता/कात्तिक २२, देउखुरी । देउखुरीको लालमटिया र सिसहनियाँमा गठित ६ ओटा रेडियो श्रोता समुहले यस वर्षको तिहारमा खेलेको देउसी भैलोको रकम समुहको क्षमता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/कात्तिक २२, देउखुरी । देउखुरीको लालमटिया र सिसहनियाँमा गठित ६ ओटा रेडियो श्रोता समुहले यस वर्षको तिहारमा खेलेको देउसी भैलोको रकम समुहको क्षमता"/>
2026-09-19 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैलोको रकम मोजमस्ती होइन, समाजिक विकासमा खर्च गरिदै

सन्तोषकुमार गुप्ता/कात्तिक २२, देउखुरी । देउखुरीको लालमटिया र सिसहनियाँमा गठित ६ ओटा रेडियो श्रोता समुहले यस वर्षको तिहारमा खेलेको देउसी भैलोको रकम समुहको क्षमता विकास तथा सचेतनामुलक कार्यक्रममा खर्चिने भएको छ ।

साझेदारी विकास परियोजना अन्र्तगत इक्वल एक्सेसद्धारा गठन भएको विहानी रेडियो श्रोता समुह लठ्ठहवा, जनप्रिय रेडियो श्रोता समुह कालापानी, जनहित रेडियो श्रोता समुह मौरीघाट, स्टार रेडियो श्रोता समुह मसुरिया, करम्दी रेडियो श्रोता समुह बराखुट्टी र खुरुरीया रेडियो श्रोता समुहको आयोजनामा कार्तिक १५, १७ र १८ गते गरी ३ दिन सम्म खेलेको देउसी भैलोबाट संकलित रु १६ हजार बाट खर्च कटाएर बचेको रु १४ हजार रुपैया समुहको क्षमता विकास र सचेतनामुलक कार्यक्रममा खर्च गर्ने योजना बनाएको भैलो कार्यक्रम संयोजक राजेन्द्र चौधरीले बताए ।

पछिल्लो समय यता सिसहनियाँ र लालमटियामा गठित रेडियो श्रोता समुहहरुले सामुहिक रुपमा काम गर्दै आउने क्रममामा रेडियो श्रोता समुहहरुले परम्परागत भैलोको साटो गाविसलाई सहयोग पु¥याउने हेतुले चौधौ चरणका बारेमा आमनागरिकहरुलाई सुसुचित गराउन रेडियो श्रोता समुहले योजना छनौट प्रकृया सम्बन्धी विषय वस्तुलाई समेटेर देउसी भैलो सञ्चालन गरेको थियो । समुहले सिसहनियाँ गाविसको लठ्ठहवा र कालापानी क्षेत्रमा र लालमटिया गाविसको मौरीघाट र बराखुट्टी क्षेत्रमा भैलो सञ्चालन गरेको थियो ।

भैलोको रकमले योग शिविर सञ्चालन गरिने

पतञ्जली योग शिविर समिति सिसहनियाँले यस वर्षको तिहारमा खेलेको देउसी भैलोको रकमले योग शिविर सञ्चालन गर्ने भएको छ ।

पतञ्जली योग शिविर समिति सिसहनियाँको आयोजनामा कार्तिक १४, १५, १६ र १७ गते गरी ४ दिन सम्म खेलेको देउसी भैलोबाट संकलित रु १ लाख मध्ये खर्च कटाएर बचेको रु ७० हजार रुपैयाँबाट फागुनको अन्तिम साता सम्म सिसहनियाँमा वृहत योग शिविर सञ्चालन गर्ने निर्णय भएको समितिका अध्यक्ष शान्तराज शर्माले बताए । योगको माध्यमबाट आमनागरिकहरुलाई विभिन्न किसिमका रोगव्याधीबाट मुक्त गराउन र दक्ष योग प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले भैलो सञ्चालन गरिएको  हो । 

यस्तै लालमटिया ९ नयाँगाउँमा गठित गाउँबेसी बालक्लवले वर्षको तिहारमा खेलेको देउसी भैलोको रकमले गाउँमा विजुली विस्तार गर्ने भएको छ । रातीको समयमा आवत जावत गर्न सहजहोस भन्नका लागि र चोरी डकैतीबाट बचाउन बाल क्लवले खेलेको देउसी भैलोबाट संकलित रु ४० हजार मध्येबाट खर्च कटाएर बचेको रु ३२ हजार रुपैयाबाट गाउँको विद्युतपोलमा सडक बत्ती झुन्डाउने निर्णय भएको बाल क्लवका अध्यक्ष सुशिला आचार्यले बताइन् ।

भैलोको रकम स्वास्थ्य संस्थालाई

न्यू युथ क्लब गंगापरस्पुर–१ हडैयाले भैलो खेलेर जम्मा गरेको रकमले समान खरिद गरि नेपाल परिवार नियोजन संघद्धारा गंगापरस्पुर स्वास्थ्य चौकीमा सञ्चान गरिएको स्वास्थ्य किलिनिक लाई प्रदान गरेको छ । 

क्लबले भैलोबाट जम्मा गरेको ६ हजार ७ सय पचासले २ थान फलामका बेञ्च, २ थान स्टुल तथा भित्तेघडी किनेर स्वास्थ्य संस्थालाई प्रदान गरेको हो । क्लबका अध्यक्ष बसन्त कुँवरको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चा का क्षेत्रिय सचिव टुकमान कँवरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टोपलाल खनाल,रुक्मणी खनाल , बमी के.सी., गोबिन्द खत्रि र सपना खड्का लगाएतले बोलेका थिए । बिनय खनालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन भेषराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा