Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भारुको कारोबार रोकिँदा सर्वसाधारण मारमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २५, धनगढी । भारतले भारु ५०० र एक हजारका नोटको कारोबारमा रोक लगाएसँगै भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न ठाउँका सर्वसाधारण मारमा परेका छन् ।

आफ्नो साथमा रहेको भारु हजार र ५०० का नोटको सटही हुने/नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिकले सास्ती खप्नु परेको छ ।

भारतको लखनउबाट उपचारका गरी फर्किएका धनगढीका मनोज ओझा आफूसँग रहेको भारु एक हजार र ५०० का नोट सटही नहुँदा विचल्लीमा परेको बताउनुहुन्छ । “उपचारका लागि पुनः लखनउ जान समस्या भएको छ,” उहाँले भन्नुभयो ।

कारोबारमा रोक लगाइएसँगै स्थानीय व्यापारी, भारतका अस्पतालमा उपचारमा रहेका बिरामीका अविभावक र सर्वसाधारण आफूसँग रहेका भारु ५०० र हजारका नोट सटही हुने वा नहुने र सटही गर्दा पनि सानो दरको भारु पाउने वा नपाउने भन्ने समस्यामा छन् । भारतमा काम गरेर फर्किने र भारतका अस्पतालमा उपचाररत रहेका नेपाली नागरिक मारमा छन् ।

नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रबन्धक विश्रुत थापाले भारु एक हजार र ५०० का नोटको कारोबारमा भारतले रोक लगाएपछि नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले पनि आजैदेखि ती नोटको कारोबारमा रोक लगाएको जानकारी दिनुभयो । रासस