2026-09-19 12:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिमावर्ति बजारमा नेपाली रुपैयाँको मूल्य बढ्यो

पंकज धामी, कार्तिक २६, दार्चुला । नेपाली रुपैयाँ सधैं अबमूल्यन हुँदा दार्चुला सदरमुकामको सिमावर्ति बजार धारचुलामा भारत सरकारले भारतीय ५ सय र १ हजारको नोट बन्द गरेपछि भने नेपाली रुपैयाँको मूल्य बढेको छ । सिमावर्ति बजार धारचुला र दार्चुलामा नेपाली सय सय रुपैयाँ भारतीय ६० र त्योभन्दा पनि कम मूल्यमा साटिने गथ्र्यो भने बुधवार र बिहीवार भने नेपाली सय रुपैयाँ भारतीय ६५ रुपैयाँमा साँटियो । भातरीय व्यापारीहरुले ५ सय र १ हजार भारतीय रुपैयाँ नलिएको तर नेपाली रुपैयाँ सहजै लिने गरेको दार्चुलाका व्यापारीहरुले बताएका छन् । १ हजार नेपाली रुपैयाँका लागि अहिलेसम्म ६ सय भारतीय रुपैयाँ दिने गर्थे भने बुधवार र बिहीवार ६ सय २५ देखि ६ सय ३० सम्म दिने गरेको पाइएको छ । ‘पहिले अबमूल्यन भएको नेपाली रुपैयाँले अहिले भने मूल्य पाएको छ । १ हजार नेपाली रुपैयाँ ६ सय २५ र त्योभन्दा पनि बढि रुपैयाँमा सटही हुँदैछ ।’ दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिह थापाले जानकारी दिनुभयो ।

दार्चुलामा २५ लाख बढि भारु

दार्चुलामा २५ लाख भन्दा बढि भारतीय रुपैयाँ भएको व्यापारीहरुले अनुमान गरेका छन् । भारतीय सेना तथा कुमाउ स्क्टकामा काम गर्ने र सीमावर्ति क्षेत्रमा व्यापार गर्ने व्यापारीहरुसँग गरेर दार्चुलामा २५ लाख भन्दा बढि भारतीय रुपैयाँ हुन सक्ने दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिह थापाले जानकारी दिनुभयो । त्यसैगरि गोर्खा रेजिमेन्टका काम गर्ने नेपालीहरुले दार्चुला भएर रकम घर पठाउने भएकाले पनि भारतीय रुपैयाँ धारचुलामा हुन सक्ने बताइएको छ । भारतीय रुपैयाँको खाँचो पर्दा ८ प्रतिशतसम्म सटही दिनु पर्ने अवस्था आउँथ्यो तर अहिले भने भारतीय रुपैयाँ जतिपनि पाइने गरेको व्यापारी मंगलसिह ठगुन्नाले बताउनु भयो ।

भारु साँट्न समस्या हुँदै

सिमावर्ति क्षेत्रमा थोरै मात्रामा भारतीय रुपैयाँ भएको र त्यो पनि बैधानिक भएकाले भारतीय रुपैयाँ साट्न समस्या नहुने व्यापार मण्डल धारचुलाका अध्यक्ष भुपेन्द्रसिह थापाले बताउनु भयो ।

‘सेवारत र सेवानिवृत्त कर्मचारीहरुको रकम सहजै साँटिनेछ भने व्यापारीहरुले भारतीय रिजर्भ बैंकमार्फत रकम साँट्न सक्नेछन् ।’ उहाँले भन्नुभयो । भारत सरकारले लिएको यो कदमले ठूलो धनराशी थुपारेर अबैध काम गर्नेहरुलाई मात्रै असर पर्ने र सामान्य नागरिक तथा कर्मचारीलाई समस्या नपर्ने उहाँले बताउनु भयो ।

नेपाल सरकारसँगको अपेक्षा

भारतीय रुपैयाँ साट्न भारतीय बैंक धाउनु भन्दा पनि नेपाल सरकारले नै साँट्ने व्यवस्था मिलाए राम्रो हुने भारतीय रुपैयाँ भएकाहरुले बताएका छन् । कुमाउ स्क्टका सेवानिवृत्त सिपाही नरसिह महरसँग जम्मा गरेको ८० हजार भारतीय रुपैयाँ छ । उनलाई उनको युनिटबाटै भारतीय रुपैयाँ साट्ने सुविधा मिल्ने भएपनि उनी ती रुपैयाँ नेपाली बैंकले नै लिए राम्रो मान्ने भन्छन् । ‘नेपाली बैंकले नै साँटने व्यवस्था मिलाए राम्रो हुन्थ्यो ।’ उनले भने ।  आफूसँग पनि भारतीय रुपैयाँ भएको बताउने खलंगाका स्थानीय जयराज भट्ट पनि नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ साट्ने व्यवस्था मिलाओस् भन्ने चाहान्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई