सन्तोषकुमार गुप्ता । देउखुरी ३० कार्तिक । सहकारी संस्थाले शेयर सदस्यहरुलाई व्यवसायिक तथा आर्थिक रुपमा आत्मानिर्भर बनाएको सोमबार देउखुरीको भालुवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी ३० कार्तिक । सहकारी संस्थाले शेयर सदस्यहरुलाई व्यवसायिक तथा आर्थिक रुपमा आत्मानिर्भर बनाएको सोमबार देउखुरीको भालुवा"/>
2026-09-19 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीवनज्योति सहकारीको छैठौँ बार्षिक साधारणसभा सम्पन्न

सन्तोषकुमार गुप्ता । देउखुरी ३० कार्तिक । सहकारी संस्थाले शेयर सदस्यहरुलाई व्यवसायिक तथा आर्थिक रुपमा आत्मानिर्भर बनाएको सोमबार देउखुरीको भालुवाङमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।  ग्रामिण समाज सुधार केन्द्रद्धारा सञ्चालित जीवनज्योति बचत तथा ऋण सहकारी संस्था पुल्चोक भालुवाङ्गको छैठौँ औँ बार्षिक साधारणसभा मा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । भालुवाङ पुल्चोकको रातोडाँडामा बिस्थापित समुदायहरुलाई सहकारी संस्थामा आबद्ध गराई दुई चार रुपैयाँ बचत गराउनुका साथै सहुलियत ब्याजमा कर्जा उपलब्ध गराई आफूहरुलाई आर्थिक तथा व्यवसायिक रुपमा आत्मानिर्भर बनाएको समेत बताएका थिए । उनीहरुले सहकारीकै कारण आफ्नो जीवनशैलीमा समेत सुधारात्मक परिवर्तन भएको अनुभव ब्यक्त गरेका थिए ।     

संस्थाका अध्यक्ष रमेश खनालको अध्यक्षता एवम् ग्रामिण समाज सुधार केन्दकी अध्यक्ष गंगा गिरीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका सचिव तेजप्रसाद खनालले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष हेमराज रोकामगरले आर्थिक बर्ष २०७२÷०७३ को १ करोड १ लाख २७ हजार २ सय ३ रुपैयाँ ४३ पैसा बराबरको आय—व्यय तथा यस बर्ष कुल नाफा १ लाख ६८ हजार ९ सय ५८ रुपैयाँ नाफा सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाकी व्यवस्थापक शान्ता भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने कार्यक्रममा जीवनज्योति बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष हुमादेवी मास्के, राप्ती बचत समूहकी अध्यक्ष रिना बुढा, लालीगुराँस बचत समूहकी अध्यक्ष पुतला खनाल, शेयर सदस्य कमला जिसी र भुमि गुरुङ्ग लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा  कार्यक्रमको सञ्चालन संस्थाका सचिव तेजप्रसाद खनालले गरेका थिए । बि.सं. २०६७ सालमा डिभिजन सहकारी कार्यालय दाङमा ६०८ नम्बरमा दर्ता भएको संस्थामा हाल सम्म ५२ जना शेयर सदस्य रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा