कात्तिक ३०, खोटाङ । जिल्लामा निर्माण गरिएका सबै सडकमा यातायात सेवा सुचारु भएको छ । वर्षात्को पानीले भत्किएको र खाल्डाखुल्डी बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, खोटाङ । जिल्लामा निर्माण गरिएका सबै सडकमा यातायात सेवा सुचारु भएको छ । वर्षात्को पानीले भत्किएको र खाल्डाखुल्डी बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको ह"/>
२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङका सबै सडकमा यातायात सेवा सुचारु

२०७३, ३० कार्तिक मंगलवार ०३:४९

कात्तिक ३०, खोटाङ । जिल्लामा निर्माण गरिएका सबै सडकमा यातायात सेवा सुचारु भएको छ । वर्षात्को पानीले भत्किएको र खाल्डाखुल्डी बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । 

यात्रुको समस्यालाई मध्यनजर गर्दै जिल्लामा यसअघि सञ्चालनमा रहेका र नयाँ गरी सातवटा सडकमा नियमित यातायात सेवा सुचारु गरिएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । 

“निर्माण कार्य सम्पन्न भएका सबै सडकमा गाडी सञ्चालन गरिएको छ ।” उहाँले भन्नुभयो, “निर्माणाधीन अवस्थामा रहेका अन्य सडकमा पनि सम्भव भएसम्म सञ्चालन गर्ने तयारीमा छौँ ।” 

सचिव हिङ्माङका अनुसार दिक्तेल–जयरामघाट, दिक्तेल–चखेवा, दिक्तेल–रसुवाघाट, दिक्तेल–पाथेका, दिक्तेल–रावाखोला, दिक्तेल–साप्सु र हलेसी–दुवेकोलको लागि गाडीसमेत छुट्याइएको छ । नियमित गाडी सञ्चालन गरिएसँगै भाडादर र बस छुट्ने समयतालिका समेत सार्वजनिक गरिएको यातायात व्यवसायी सङ्घले जनाएको छ । 

गत वर्ष सञ्चालनमा रहेको दिक्तेल–जालपा सडक भने स्तरोन्नतिको काम भइरहेकाले तत्काल सञ्चालनमा ल्याउन नसकिएको सचिव हिङ्माङले जानकारी दिनुभयो । हुर्लुङ–ऐँसेलुखर्क सडकखण्डमा पर्ने उक्त सडक समेत केही दिनमा नै सञ्चालनमा आउने जनाइएको छ । 

कच्ची अवस्थामा रहेको जिल्लाका सबै सडकमा हिउँदको समयमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको छ । करिब छ महिना मात्र सञ्चालन हुने सडकमा यातायात सेवा सुचारु भएपछि गाउँगाउँका यात्रु हर्षित भएका छन् । 

जिल्लामा निर्माण गरिएका सबै सडक सञ्चालनमा आएपनि तराई तथा राजधानीसँगको सिधा यातायात भने जोडिएको छैन । मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाटस्थित दूधकोसी र दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोसीमा बेलिब्रिज नबनेसम्म जिल्लाभित्र मात्र यातायात सञ्चालन हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु