२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिर्जना फाइनान्स सर्वोत्कृष्ट करदाता

२०७३, २ मंसिर बिहीबार ०३:२१

मङ्सिर २, विराटनगर । विराटनगर उपमहानगरपालिका–८ स्थित प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई आन्तरिक राजस्व कार्यालय लहान, सिरहाले सर्वोत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ । 

‘पाँचौँ कर दिवस २०७३’ को अवसरमा बुधबार लहानमा एक कार्यक्रमबीच प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले सिर्जना फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भवानीशङ्कर चापागाईं र व्यावसायिक विशेषज्ञ सञ्चालक डा प्रमोदकुमार झालाई सम्मानित गरेको सो कार्यालयले बुधबार विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

मोरङ, सुनसरी र सप्तरी जिल्ला कार्यक्षेत्र रहेको सिर्जना फाइनान्सले २०७३ साल असोज मसान्तसम्म निक्षेप रु दुई अर्ब ४३ करोड सङ्कलन गरी कर्जा रु दुई अर्ब १४ करोड लगानी गरेको छ । २०७४ साल असार मसान्तसम्म आफ्नो कार्यक्षेत्रभित्र थप १६ शाखा खोल्ने लक्ष्य रहेको सो विज्ञप्तिमार्फत फाइनान्सका सञ्चालक सुवास आचार्यले जनाउनुभएको छ । 

२०७३ असार मसान्तको मुनाफावाट ५२.६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको सिर्जना फाइनान्सले आगामी वर्षसम्मको नाफाबाट बोनस सेयर जारी गर्दै २०७५ असार मसान्तभित्र चुक्तापुजी रु ८० करोड पूरा गरी राष्ट्रियस्तरको फाइनान्स कम्पनी बन्ने लक्ष्यका साथ अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत चापागाईंले जनाउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ