2026-09-19 12:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा ९ हजार मेट्रिक टन खाद्यान्न अभाव

मङ्सिर ३, दार्चुला । दार्चुला जिल्लाका लागि आवस्यक पर्ने खाद्यान्न भन्दा ९ हजार मेट्रिकटन खाद्यान्न अभाव रहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाको तथ्याकंले देखाएको छ । 

दार्चुलामा भएको  कुल जनसंख्याको आधारमा २६ हजार ७ सय ८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेको छ । तर दार्चुलामा धान, गहु, मक्कै, जौ र कोदोको जम्मा उत्पादन भने १८ हजार ९ सय ६६ मेट्रिक टन  मात्रै रहेको छ । 

यो आधारमा दार्चुला जिल्ला खाद्य संकट भएको जिल्लाको सूचीमा रहेको छ । जिल्लाको कुल क्षेत्रफल मध्ये १२.२९ प्रतिशत जग्गा मात्रै खेति योग्य रहेको छ । त्यसमा पनि ६ हजार ७ सय १९ हेक्टर क्षेत्रफल कृषि योग्य जमिन बाँझो रहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका बरिष्ट कृषि विकास अधिकृत सुर्यप्रसाद बरालले जानकारी दिनुभयो । 

दार्चुलाका ३१ वर्थिङ सेन्टरमा आवश्यक समान छैनन् ।

जिल्ला भरीमा रहेका स्वास्थ्य संस्थाहरुमा सुरक्षित सुत्केरी गराउने उद्देश्यका साथ स्थापना भएका ३१ वटा बर्थिङ सेन्टरहरुमा अझै सुरक्षित सुत्केरी गराउने आवश्यक सामग्रीहरु पुगेका छैनन् । आवश्यक सामग्रीहरु नपुग्दा स्वास्थ्य कर्मिहरुलाई काम गर्न अप्ठ्रो भएको स्वास्थ्य कर्मिहरुको भनाइ रहेको छ । गत आर्थिक बर्षका २६ र चालु आर्थिक बर्षमा स्थापना भएको पाँचवटा बर्थिङ सेन्टरहरुमा सुत्केरी सामाग्री अभाव भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले ति बर्थिङ सेन्टरहरुमा कर्मचारीहरु आर्थिक बर्षको श्रावण महिनामै पठाए पनि चार महिना बिति सक्दा समेत अझै सुत्केरी गराउने आवश्यक समाग्रीहरु पठाउन सकेको छैन । जिल्लामा बचत रहेका केही सामाग्रीहरु जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाबाट सुत्केरी वेड लगायतका केही सामाग्री पठाइएको भएपनि अझै केही सामाग्रीहरु अपुग रहेकोले अबको दुई महिना भित्रमा सुत्केरी सामाग्री खरिद गरी पठाईने डाक्टर रबिरन्जन शाहले जानकारी दिनुभयो । 

बजेट ढिला स्वीकृत भएको र खरिद प्रक्रियाका कारण हालसम्म सुत्केरी सामाग्री पुर्ति गर्न नसकिएको हो । अझै दार्चुला जिल्लाका ८ वटा स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर स्थापना गर्न बाँकी रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई