प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

रामादल भुजुवा वर्ष ३५ गुलरिया नगरपालिकाको वडा नं. ६ अन्तर्गत जिविस रोडलाईनमा बस्दै आउनुभएको छ । केही समय अघि गुलरियामा रिक्साको सेवा दिएवापतको भाडा माग्ने क्रममा नराम्ररी हप्की दप्कीमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

रामादल भुजुवा वर्ष ३५ गुलरिया नगरपालिकाको वडा नं. ६ अन्तर्गत जिविस रोडलाईनमा बस्दै आउनुभएको छ । केही समय अघि गुलरियामा रिक्साको सेवा दिएवापतको भाडा माग्ने क्रममा नराम्ररी हप्की दप्कीमा "/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अटोरिक्सा चालकको उदाहरणीय काम

२०७३, ४ मंसिर शनिबार ११:३३

प्रभात सुवेदी । मंसिर ४, बर्दिया ।

रामादल भुजुवा वर्ष ३५ गुलरिया नगरपालिकाको वडा नं. ६ अन्तर्गत जिविस रोडलाईनमा बस्दै आउनुभएको छ । केही समय अघि गुलरियामा रिक्साको सेवा दिएवापतको भाडा माग्ने क्रममा नराम्ररी हप्की दप्कीमा परेको अनुभव वहाँ सुनाउनुहुन्छ । दश÷बीस रुपैँयाका लागि पनि किचकिच गर्नुपर्ने र हप्की दप्की मात्रै हैन सेवाग्राहीहरुले निकै अपमानित तरीकाबाट बोलेकोमा वहाँलाई निकै दुःख लागेको रहेछ । तर आज वहाँ निकै खुशी हुनुभएको थियो ।

 

नवनिर्वाचित अध्यक्षलाई टीका लगाउँदै ……

रामदल मात्रै हैन कि जिल्ला सदरमुकाम गुलरियामा गत वर्ष भारतले गरेको अघोषित नाकावन्दीपछि ४० जनाले यसरी रिक्सा चलाउँदै आएका छन् । उनीहरुले आज जिल्ला सदरमुकाम गुलरियामा एक भेलाको आयोजना गरेर अटो रिक्सा मजदुर समितिको गठन गरेका छन् । यसरी सङ्गठित हुन पाएपछि निकै खुशी लागेको र अब आफूले जेनतेन कृषि पेशा गरेर कमाएको पैसाको लगानी गरेर किनेको रिक्सा चलाउन सहज हुनेमा आशावादी रहेको गुलरिया १० का ३३ वर्षिय रिक्सा चालक मजदुर जितेन्द्र थारुले बताउनुभयो । 

अटोरिक्सा चालकहरु ……

गुलरियाको बगलामुखी चोकमा भेला भएका रिक्सा मजदुरहरुले खोम प्रसाद भुर्तेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेका छन् भने उपाध्यक्षमा विनोद वैश्य, सचिवमा जितेन्द्र थारु रहनुभएको छ। 

रिक्साचालकहरुको हक हित र अधिकारको सुनिश्चित गर्ने कार्यका लागि प्रतिवद्ध भएको वताउनुहुँदै अध्यक्ष खोम प्रसाद भुर्तेलले सबै रिक्सा चालकहरुलाई कुनै पनि नशालु पदार्थहरु सेवन गरी रिक्सा नचलाउन आग्रह गर्नुहुँदै राम्रो कमाइ गर्नका लागि आफूले पनि आप्mनो व्यवहारलाई मिठो र सभ्य बनाउनुपर्नेमा जोड दिनुभयो । यदि कसैलाई केही समस्या परेमा अफिसमा आएर उजुरी दिनका लागि समेत आग्रह गर्नुभयो । 


सबै रिक्सा चालकहरुबाट प्रतिदिन रु. २० जम्मा गरेर रिक्सा मजदुरहरको सामुहिक हकहितका लगि खर्च गरिने अध्यक्ष भुर्तेलले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ