२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एउटै ठाउँ जोड्ने पाँच सडक आयोजना सञ्चालन

२०७३, ६ मंसिर सोमबार ०२:४५

मङ्सिर ६, म्याग्दी । एकै ठाउँलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले पाँच वटा आयोजना सञ्चालन भएका छन् । 

दलका नेताको स्वार्थ, मुख्य सडकले आफ्नो बस्तीलाई समेट्नुपर्ने स्थानीय बासिन्दाको माग, पहिले खनेको सडक असफल हुनु जस्ता कारणले एउटै ठाउँसँग जोडिने फरकफरक नाम गरेका आयोजना सञ्चालन भएको हो । 

दरवाङदेखि सोले हुँदै बागलुङको लामेला तमान जोड्ने पाँच वटै सडक जिविसमार्फत सञ्चालन भएका हुन् । एउटै ठाउँलाई जोड्ने फरकफरक नाम गरेका आयोजना हुँदा कुन योजनालाई प्राथमिकता दिने भन्ने विषयमा विवाद र अन्यौलता उत्पन्न भएको ओखरबोट गाविसका सचिव रमाकान्त घिमिरेले बताउनुभयो । 

उहाँका अनुसार धेरै योजनामा छरिएर बजेट खर्च हुँदा देखिने गरी उपलब्धि हुन सकेको छैन । भौगोलिक विकटता र प्रतिकूल भूवनोट रहेको ठाउँमा सडक निर्माण गर्नका लागि विनियोजन हुने बजेट विकेन्द्रित गरिँदा योजना अपुरा, उपयोग विहीन र प्राविधिक हिसाबले असफल बनेका छन् । 

रुम र ओखरबोटको भिरालो पाखामा प्राविधिक तथा वातावरणीय पक्षलाई ध्यान नदिइकन सडक निर्माण गरिदा तटीय क्षेत्रका बस्तीमा कटान र बाढीको जोखिम देखिएको छ । सडक निर्माण गर्दा फालिएको माटो मिसिएर रितुङ र दाजुङ खोलामा आउने बाढीले अधिभाराका करिब २० र फूलबारीका ५० घर जोखिममा परेका अधिभाराकी हसिमा पुनले बताउनुभयो । 

विसं २०६७ मा दरवाङदेखि फूलबारी ओखरबोट सोले डाँडा हँुदै लामेला तमान जोड्ने सडक निर्माण भएको थियो । 

त्यसपछि रुमको अदिभारा स्याउलुङ डाँडागाउँ हुँदै सोले जोड्ने लक्ष्यसहित अर्को योजना सञ्चालन भयो । सरकारी निकाय र स्थानीयको रु ५० लाख खर्च भएको उक्त सडक प्राविधिक हिसाबले असफल भएपछि अहिले अलपत्र अवस्थामा छ । 

त्यो आयोजना असफल भएपछि तीन वर्ष लगाएर रु एक करोड ५० लाख खर्च गरेर गत वैशाखमा अधिभारा हँुदै रुमसम्म करिब १५ किलोमिटर सडक निर्माण भएको छ । रुमको ७ नम्बर वडा हँुदै सोले जोड्ने लक्ष्य राखिएको यो सडक स्तरवृद्धि गरी सवारी सञ्चालन हुने अवस्था बनाउन थप रु ५० लाख बजेट आवश्यक रहेको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर पुनले बताउनुभयो । 

त्यसैगरी अधिभारादेखि रुमको ८ र ९ नम्बर वडामा पर्ने इग्रे हँुदै ओखरबोट भएर सोले जोड्ने लक्ष्यले गत वर्ष जिविसको रु २० लाख अनुदानमा सञ्चालित योजना प्राविधिक रुपमा सफल नभएपछि अहिले अलपत्र परेको छ । 

दरवाङ ओखरबोट सोले लामेला तमान सडक आयोजनाका लागि यस वर्ष सडक बोर्डको रु ३३ लाख ६० हजार बजेट छुट्टाएर उपभोक्ता समितिमार्फत काम गर्ने तयारी भएको जिविसका योजना अधिकृत विष्णुप्रसाद पौडेलले बताउनुभयो । 

त्यसैगरी ओखरबोटको महभिर, चिउरीबोट, छापका बासिन्दाले पनि दरवाङ फूलबारी चिउरीबोट छाप सोले लामेला तमान सडक आयोजना सञ्चालन गरेका छन् । दुई जिल्ला जोड्ने सडक आयोजनालाई सरकारले बजेट विनियोजनका क्रममा प्राथमिकता दिने भएकाले सबै आयोजनाको पछाडि सोले लामेला तमान जोडिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ