आउँदो पुषमा हुने ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आउँदो पुषमा हुने ग"/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाँउमा जाने विकासे रकम भलिबलमा

२०७३, ९ मंसिर बिहीबार ११:३१

मंसिर ९, हुम्ला । सिमकोट गाउँ विकास समिति कार्यालयबाट गाँउमा जाने विकासे रकम जिल्ला स्तरिय भलिबल प्रतियोगितामा खर्च गर्ने खेल सूरु भएको छ ।

आउँदो पुषमा हुने गाउँ परिषदबाट अनुमोदन गर्ने गरी गाविसको खर्चमा जिल्लाका २३ वटा टिम प्रतियोगितामा सहभागि रहेका  छन । प्रति टिमका खेलाडीको खाना नास्ता, आवास, ड्रेस, टिम दर्ता र अन्य विधि खर्च समेत गाविसले गर्ने गरेका २७ गाविस भएको हुम्लामा २० गाविसका २३ वटा टिमले सहभागिता जनाएका छन । गएका वर्षमा आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागि भएबापत कम खर्च गर्ने टिमले १ लाख र बढी खर्च गर्ने टिमले ११ लाखसम्म गाविसको विकासे रकम खर्च गरेका छन ।

 गाउँ परिषदको निर्णय विपरित सदरमुकाममा खेलका नाममा लाखौको रकम खर्च गरेको भन्दै गाउँका राजनैतिक दलले समेत विरोध गरेपछि यो वर्ष प्रतियोगितामा केही मित व्ययीता अपनाउने गाविस मिमि रोडिकोट गाविस सचिव तुल्सरी भण्डारीले बताए ।

 गएको वर्षको बिजेता रोडिकोटले प्रतियोगितामा सहभागिता भएबापत गाविसको ११ लाख विकासे रकम  खर्च भएको बताए । सचिव भण्डारीले यस वर्ष कम गर्न आफूले सूरुमै खेलाडीलाई आग्रह गरेको बताए । 

एकातर्फ वर्षको एक पटक मात्रै आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन गाविसका खेलाडीले दवाव दिने अर्को तर्फ विकासे रकम खेलमा अनावश्यक खर्च गरेको भन्दै परिषदमा आफूले विभिन्न खाले दवाव झेल्नु पर्ने दोहोरो चपेटामा जिल्लाका गाविस सचिव परेको मिमिका गाविस सचिव सम्राटसिंह ठकुरीले बताए । 

खेलकुदको विकासका लागि प्रतियोगितामा सहभागिता जनाउनु राम्रो भएपनि गाविसको विकासे रकममा खेलको नाममा अनियमितता गर्नु राम्रो नभएको प्रतिक्रिया नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बिजय भण्डारी (प्रतिरोधले)बताएका छन ।  ठेहे गाविसका स्थानीय वासिन्दा समेत रहेका भण्डारीले आफूले यस वर्ष ठेहेको टिमलाई ७५ हजारमा सिमित रहने भनेको भनाई छ । 

उता गाउँको विकासका लागि सरकारले दिएको अनुदान गाउँ परिषदको निर्णय विपरित खर्च गर्न नमिल्ने स्थानीय विकास अधिकारी बलदेश प्रसाद जोशीले बताए । गाउँ परिषदको निर्णयलाई मिचेर सचिवले कसरी रकम खर्च गरेका छन भन्ने बारेमा आफूले सोधखोज गर्ने  अधिकारी जोशीले  जानकारी दिए । यसका बारेमा छिट्टै गाविस सचिवको बैठक बोलाउने बताए । 

 हरेक वर्ष आयोजना गर्ने जिल्ला स्तरिय प्रतियोगितालाई  क्षेत्रिय खेलमा सहभागि हुने जिल्लाका खेलाडी छनोट गर्ने माध्यममा रुपमा समेत आफूले आयोजना गरेको आयोजक योङ्ग स्टार क्ल्वका अध्यक्ष बुद्धीबहादुर रोकायाले जानकारी दिए ।

 उनका अनुसार जिल्ला खेलकुद विकास समितिसँगको सहकार्यमा सूरु भएको प्रतियोगिताले केही समयमा हुने क्षेत्रिय भलिवल प्रतियोगिताका लागि जिल्लाबाट ९ जना खेलाडी समेत छनोट गरिने छ । 

जिल्ला खेलकुद विकास समितिका संरक्षक समेत रहेका प्रमूख जिल््ला अकिकारी डा. कृष्णबहादुर घिमिरेले उद्घाटन गरेको प्रतियोगतामा  प्रथम हुने टिमलाई सिल््ड सहित ६० हजार नगद, दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुनेलाई २० र सान्त्वना हुनेलाई १० हजार नगदको पुरस्कारको व्यवस्था गरिएको आयोजक योङ्ग स्टार क्लव हुम्लाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै