सन्तोषकुमार गुप्ता, मंसिर १० देउखुरी । नेशनल माईक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडको २७ औँ शाखा कार्यालयको बिहिबार अर्घाखाँचीको जलुके—६ सातमारा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, मंसिर १० देउखुरी । नेशनल माईक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडको २७ औँ शाखा कार्यालयको बिहिबार अर्घाखाँचीको जलुके—६ सातमारा"/>
2026-09-19 06:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्घाखाँचीको सातमारामा बित्तिय संस्थाको उद्घाटन

सन्तोषकुमार गुप्ता, मंसिर १० देउखुरी । नेशनल माईक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडको २७ औँ शाखा कार्यालयको बिहिबार अर्घाखाँचीको जलुके—६ सातमारामा उद्घाटन गरिएको छ । २०७१ साल असार १८ गते धादिङ जिल्लाको धादिङबेसीमा केन्द्रिय कार्यालय स्थापना गरी कारोबार शुरु गरेको उक्त संस्थाले २७ औँ शाखाको स्थापना गरी कारोबार शुरु गरेको छ । स्रोत र साधनको सुविधाको पहुँचबाट टाढा रहेका दुरदराज ग्रामिण बस्तीहरुमा आफ्नो बित्तीय सेवा मार्फत आर्थिक तथा समाजिक स्तर उठाउन संस्थाले गाउँ कार्यलय स्थापना गरी समूह गठन गरी समूहमै बचत ऋण कारोबार सञ्चालन गदै आएको संस्थाका कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिए ।

नेशनल माईक्रोफाईनान्स बित्तीय संस्था लिमिटेडले हाल सम्म नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र मेघा बैंक लगायत सात वटा बैंक तथा बित्तीय संस्थाहरुबाट प्रबद्र्धित उक्त संस्थामा २४ हजार भन्दा बढी शेयर धनी भएको बैंकको हाल सम्म ३२ हजार बढी घरपरिवारलाई सेवा प्रदान गदै आएको संस्थाका कार्यकारी अधिकृत यादवले जानकारी दिए । संस्थामा हाल सम्म १ अरब बढी कर्जा प्रबाह, १५ करोड बचत गर्न सफल भएको संस्थाले जनाएको छ । अर्घाखाँची, दाङ र प्यूठान जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई समूह मार्फत कारोबार सञ्चालन गर्ने गरी शाखा कार्यालय स्थापना गरिएको संस्थाका कार्यकारी अधिकृत यादवले जानकारी दिए ।


शाखा कार्यालयको रिबन काटेर उद्घाटन गर्दै दाङ देउखुरी क्षेत्र नम्बर २ की सांसद शुशिला चौधरीले यस्तै संस्थाका समूहहरुमा काम गदै जाँदा आफू व्यवस्थापिका संसदको सभासद् हुँदै सांसद बनेको अनुभव सुनाईन् । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी सांसद चौधरीले आज पनि ग्रामिणबस्तीहरुमा महिला सशक्तिकरणको आवश्यकता भएको हुँदा यस क्षेत्रका महिलाहरुका लागि अर्घाखाँची कै सांसदहरु संग भेटेर यस बिषयमा छलफल चलाउने बताईन् । महिलाहरुलाई आर्थिक, सामाजिक रुपमा आत्मनिर्भर बनाउन बित्तीय संस्थाहरुले नाफामुखी मात्र नभई सेवामुखी भई सेवा प्रबाह गर्न सुझाव समेत दिईन् । उद्घाटन कार्यक्रमको बिशिष्ट अतिथीको आसनबाट बोल्दै अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जिल्लाको दुर्गम तथा सेवाले मध्यम तथा बञ्चित रहेको यस क्षेत्रमा आफू प्रमुख जिल्ला अधिकारी आए पछि पहिलो पटक आएको बताउँदै कटवालले जिल्लाका सम्पूर्ण राजनितिकदलहरु संग यस क्षेत्रको विकासका बिषय छलफल गरी पुन आउने बताए ।  

संस्था संग आवद्ध नर्ती महिला समूहकी अध्यक्ष जोगमति चौधरीको अध्यक्षतामा भएको शाखा उद्घाटन कार्यक्रममा राप्ती उद्योग बाणिज्य संघ भालुवाङका संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, स्थानिय समाजसेवी अकबर अलि, स्थानियबासी गिता केसी, नेपाल पत्रकार महासंघ प्यूठानका शाखा अध्यक्ष गिरु भ्ण्डारी, पत्रकारद्धय केपी घिमिरे र बिदुर एमसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नवनिर्मित सातमारा शाखा प्रमुख भक्तनारायण चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन फाईनान्स आईटिभी बिभागीय प्रमुख शेषनारायण पोख्रेलले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो