मंसिर १० पर्वत ।व्यवस्थापिका संसदको तलव वृद्धिको सर्वसाधारणले निन्दा गरेका छन् । पर्वतका सांसदहरुले भने तलव बृद्धि स्वभाविक भएको बताउँछन् ।
स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १० पर्वत ।व्यवस्थापिका संसदको तलव वृद्धिको सर्वसाधारणले निन्दा गरेका छन् । पर्वतका सांसदहरुले भने तलव बृद्धि स्वभाविक भएको बताउँछन् ।
स"/>
2026-09-20 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तलब बढ्नु स्वभाविक हो–सांसद

मंसिर १० पर्वत ।व्यवस्थापिका संसदको तलव वृद्धिको सर्वसाधारणले निन्दा गरेका छन् । पर्वतका सांसदहरुले भने तलव बृद्धि स्वभाविक भएको बताउँछन् ।
सांसदहरुको तलव वृद्धिबारे सर्वसाधारणले आलोचना गरेका छन् । तपाईको भन्नु के छ ? भन्ने प्रश्नमा नेपाली कांग्रेसका सांसद अर्जुन प्रसाद जोशीले भन्छन् – ‘तलव वृद्धि स्वभाविकै हो ।’
     त्यसैगरी नेकपा एमालेको प्रतिनिधित्व गर्ने सांसद विकास लम्साल भन्छन् (‘सांसदको तलव बढाएको भनेर बदनाम गरिदै छ । समग्रमा तलव वृद्धि बढी हैन ।’ समानुपातिक सांसद कल्पना चापागाईलाई तलव वृद्धिबारे जिज्ञासा राख्न पटक पटक फोन सम्पर्क गर्दा उनले मुख उक्काउनै खोजिनन् । सांसद चापागाईले आफू मिटिङमै भएको जवाफ दिएर टारिन् । तलव वृद्धिबारे एक शव्द खर्चिन उनले चाहिनन् । निकट स्रोतका अनुसार सांसद चापागाइ तलव वृद्धिबाट खुशी र प्रफुल्ल भएको खुलासा भएको छ ।
केही सांसदले भने तलव वृद्धिको ठाडो विरोध गरेका छन् ।  यसरी विरोध गर्नेमा नेपाली कांग्रेसका एक सांसद धनराज गुरुङ हुन् । यिनले भूकम्प पीडितले सरकारबाट घोषित राहत नपाएको अवस्थामा सांसदको तलव वृद्धि गर्नु संसदीय अभ्यास विपरित भएको बताएका छन् । सांसद गुरुङले सांसदको तलव वृद्धिको आलोचना मात्र नगरेर वृद्धि रकम आफ्नो खल्तीमा नहाल्ने घोषणा समेत गरे । उनले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने घोषणा गरेका छन् ।
     सांसद विकास लम्साललाई सांसद धनराज गुरुङले आफ्नो तलवमा वृद्धि भएको रकम भूकम्प पीडितको कोषमा जम्मा गर्ने भएका छन् नि तपाईको केही छ कि विचार ? भनी राखेको प्रश्नमा लम्साले सो कुरालाई विश्वासै गरेनन् । सांसद लम्सालले उल्टै भने(‘कहाँको दिनु त्यो सवै नौटंकी हो । मिडिया चर्चा कमाउन त्यसो गरेका छन् । सवै सभासदले रकम लिन्छन् ।’ सांसद लम्सालले तलव वृद्धि स्वभाविक भएको बताउदै भने(‘एक अधिकृत लेवलको कर्मचारीले महिनाको ५३०० रुपैया तलव पाउँछ । सभासदको तलव उसको भन्दा बढी छैन । धेरै थरी शिर्षक देखाएर बढी बनाउन खोजिएको छ ।’ सांसद लम्सालले तलव वृद्धि धेरै समितिमा छलफल पछि मात्र भएको तर भूकम्प पीडितले राहत नपाएको बेला वृद्धि हुनु भने अलिकति राम्रो नभएको बताए ।
    नेपाली कांग्रेसका सांसद जोशी जसले ३ पटकसम्म संसदमा प्रतिनिधित्व गरिसकेका छन् जोशीले तलब वृद्धि ठीक भएको यसरी तर्क दिन्छन्( ‘ सांसदको सेवासुविधा र तलव गत १५ वर्षदेखि वृद्धि भएको छैन । सवै सांसद समान आर्थिक हैसियतका छैनन् । कतिपय सांसदलाई घरभाडा तिर्ने र न्युनतम खर्चले सताउदै आएको छ । तलव वृद्धि अहिलेको महंगी र काठमाडौ बसाईलाई हेर्ने हो भने स्वभाविक हो ।’ तलव वृद्धिलाई तपाईले पनि कुनै तरीकाले सदुपयोग गर्ने विचार बनाउनु भएको छ कि भन्ने प्रश्नमा उनले भने(‘बढेको तलवको विरोध नगर्ने तर बढेको रकम असहाय महिला, भूकम्प पीडित, दलित, सामुदायिक विद्यालयका लागि सहयोग गर्न सकिन्छ । पहिला पनि गर्दै आएको हो ।’
    व्यवस्थापिका संसदले आइतबार पारित गरेको विधेयक अनुसार सांसदहरुको मासिक पारिश्रमिक मात्र ५५ हजार २ सय ३० रुपैयाँ छ । आवास सुविधा १८ हजार छ भने टेलिफोन तथा पत्रपत्रिका खर्च ३ हजार छ । त्यस्तै धारा बिजुलीको २ हजार, अतिथि सत्कार र विशेष भत्ता मासिक एक(एक हजार पाउनेछन् । दैनिक बैठक भत्ता १ हजार र यो सहित अन्य सबै गर्दा एक जना सांसदले मासिक १ लाख भन्दा बढी पाउने छन् । ८० हजार २ सय ३० लिनेछन् । संसदले आइतबार मात्र सांसदहरुको तलबसुविधा बृद्धिसम्वन्धी विधेयक पास गरेको     थियो ।
    पर्वतका सांसदहरुले सांसद धनराज गुरुङको जस्तो गरी खुशी मनले बढेको तलव भूकम्प पीडितको नाममा दिनेछु भन्न सकेनन् । न त यति रकम यो क्षेत्रको सामाजिक सेवामा लगाउन सकिन्छ नै भन्न सके । केवल सांसद अर्जुन जोशीले नरकम तोक्नै नसके पनि केही रकम सामाजिक सेवामा लगाउने भन्ने बताएका छन् तर सभासद लम्साल र चापागाईले केही बोल्न सकेनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो