2026-09-18 11:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इटहरीमा बृहत् औद्योगिक प्रदर्शनी हुने

मङ्सिर १०, इटहरी । प्रथम उद्योग दिवस–२०७३ को अवसर पारेर प्रदेश नम्बर १ को महत्वपूर्ण शहर इटहरीमा आगामी मङ्सिर २२ देखि २६ गतेसम्म पाँचदिने लघु उद्योगबाट उत्पादित प्रदेश १ स्तरीय बृहत् औद्योगिक प्रदर्शनी मेला आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरी, उद्योग वाणिज्य सङ्घ सुनसरी, इटहरी, जिल्ला लघु उद्यमी सङ्घ, सुनसरीको आयोजना तथा जिविस सुनसरी, घरेलु तथा साना उद्योग कार्यालय, इटहरी तथा इटहरी र धरान उपमहानगरपालिका लगायतको सहयोगमा उक्त बृहत् औद्योगिक प्रदर्शनी मेला हुने बिहीबार इटहरीमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

प्रदेश नम्वर १ को तराई तथा पहाडी जिल्लामा उत्पादन हुँदै आएका महत्वपूर्ण लघु घरेलु उत्पादनका सामग्रीको सघन सहभागिता गराइने औद्योगिक प्रदर्शनीअन्तर्गत सुनसरीको पटेर झल्ला, झापाको पेटानी, इलामको चिया, अलैँची, ताप्लेजुङको गलँैचा, खाँडी कपडा, धनकुटाको बाँस हस्तकला र फलफूल, भोजपुरको खुकुरी र करुवा, तेह्रथुमको ढाका, सङ्खुवासभाको अल्लो राडीपाखी लगायतका सामग्री प्रदर्शनीमा रहने बताइएको छ ।

घरेलु तथा साना उद्योगका प्रचुर दर्ता र हजारौँ मानिसले रोजगार प्राप्त गरिरहेको औद्योगिक सघनता रहेको सुनसरी जिल्लाका उद्यमीले पर्याप्तरुपमा बजार पाइरहेको अवस्था नरहेकाले त्यसको प्रवद्र्धन गर्न पनि यो प्रदर्शनी मेला निकै सहयोगी हुने विश्वास गरिएको छ ।

करिब १३ लाख रुपियाँ खर्च हुने प्रदर्शनी मेलामा कम्तीमा ७० वटा स्टल रहने र प्रदर्शनी अवधिमा २० हजार मानिसले प्रदर्शनीको अवलोकन गर्ने तथा त्यस अवधिमा कम्तिमा पनि एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको पनि पत्रकारसम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरी अध्यक्ष राजेन्द्रकेशरी घिमिरेले पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।

सो अवसरमा इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष लिलम बस्नेतले ‘औद्योगिक क्षेत्रमा लगानी समृद्धिको सुनौलो बिहानी’ भन्ने नाराका साथ गर्न लागिएको यो प्रदर्शनी प्रदेश १ का लागि ऐतिहासिक बन्ने दावी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई