मङ्सिर १२, कपिलवस्तु | चन्द्रौटा महोत्सवको दशौं दिन अर्थात शनिबार मेलामा दर्शकहरुको ओइरो लाग्यो । महोत्सव सकिनै लाग्दा गाउँ गाउँबाट दर्शकहरु खनिएपछि महोत्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १२, कपिलवस्तु | चन्द्रौटा महोत्सवको दशौं दिन अर्थात शनिबार मेलामा दर्शकहरुको ओइरो लाग्यो । महोत्सव सकिनै लाग्दा गाउँ गाउँबाट दर्शकहरु खनिएपछि महोत्स"/>

२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रौटा महोत्सव: गाउँगाउँबाट खनिए दर्शक

२०७३, १२ मंसिर आईतवार ०१:३९


मङ्सिर १२, कपिलवस्तु | चन्द्रौटा महोत्सवको दशौं दिन अर्थात शनिबार मेलामा दर्शकहरुको ओइरो लाग्यो । महोत्सव सकिनै लाग्दा गाउँ गाउँबाट दर्शकहरु खनिएपछि महोत्सव स्थलमा पाइला टेक्ने ठाउँ नै थिएन । 

महोत्सवमा अपेक्षा गरेभन्दा पनि बढी दर्शकहरु भित्रिएपछि आयोजकलाई व्यवस्थापन गर्न समेत हम्मे हम्मे परेको थियो । टिकट स्टलमा रहेका कर्मचारीलाई भ्याई नभ्याई भएपछि थप कर्मचारी खटाई टिकट विक्री वितरणको व्यवस्था मिलाइएको गेट टिकट विक्रीवितरण उपसमिति संयोजक गोविन्द ढुङ्गानाले बताउनुभयो । दर्शकहरुको उल्लासपूर्ण सहभागिता भएपछि सेक्युरिटी गार्ड, सुरक्षाकर्मी र स्वयंसेवकलाई पनि दिनभर बस्ने फुर्सत समेत मिलेन ।

शनिबार मात्र ३० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमिति दीपक पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार शनिबार मात्र करीब एक करोडको कारोबार भएको दाबी गर्नुभयो । दशौं दिनसम्मको अवस्था हेर्दा महोत्सवमा झण्डै ३ करोडको कारोबार भएको महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले बताउनुभएको छ । मेलाको दशौं दिनसम्म ५ ओटा त टेक्टर मात्र विक्री भएको उहाँले बताउनुभयो । उहाँका अनुसार टिकट विक्री, होटल, बालउद्यान र विभिन्न सामग्री विक्रीवितरण र प्रदर्शनीका स्टलमा राम्रो कारोबार भएको छ । कारोबार बढेसँगै व्यापारीहरुमा समेत उत्साह बढेको पोखरेलको भनाई छ ।

मेलाको दशौं दिन शनिबार बिदाको दिन परेकाले पनि गाउँगाउँबाट घरघरबाट परिवारै खनिएको सचिवालय व्यवस्थापन उपसमिति संयोजक जगत पौडेलले बताउनुभयो । मेलामा केटाकेटीदेखि लिएर वृद्धवृद्धा समेतको उल्लेख्य सहभागिता रहेको थियो । “हरेक स्टल, हरेक होटल, बालउद्यानमा दर्शकहरुको उस्तै भिडभाड थियो । दर्शकहरुको उल्लासपूर्ण सहभागिताले स्टेज अगाडिको फिल्ड नै साँगुरो भयो । पाइला विसाउने ठाउँ नै थिएन ।” पौडेलले भन्नुभयो – “दिनभर कसैसँग गफ गर्ने फुर्सत समेत पाइएन ।”

एकातिर विदाको दिन र अर्कोतर्फ ख्यातीप्राप्त राष्ट्रिय कलाकार कोमल वली, जितु नेपाल, शिरीष देवकोटा, ऋतु कँडेल र धन बहादुर गुरूङले दर्शकलाई आकर्षित पारेको थियो । कलाकारहरुको प्रस्तुतिसँगै दर्शकहरु झुमेका थिए । यसका साथै हरिडान्स ग्रुप, छमछमी कलाकेन्द्र र चन्द्रौटा डान्सआइडलले दर्शकको मन खिचेका थिए । यस्तै बालउद्यानमा रहेका नौला किसिमका झुला, पिङ, मौतका कुँवा, रेन्जर लगायतका मनोरञ्जनात्मक साधनले बालबालिकादेखि युवायुवती र बुढापाकालाई समेत भुलाएको छ । मंसिर ११ गते आइतबार चर्चित हट गायिका ज्योति मगर, सन्दीप न्यौपाने, श्रीनिवास चौधरी र दीपक भण्डारीको विशेष प्रस्तुति रहने सांस्कृतिक उपसमिति सहसंयोजक श्रीजन पोखरेलले जानकारी दिनुभयो । दर्शकहरुको उल्लेख्य सहभागिता बढ्दै गएको भन्दै एक दिनका लागि मेलाको अवधि थप गरिएको आयोजक संस्था व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो ।

“कृषि, पर्यटन उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मुख्य नारासहित व्यापार संघ कपिलवस्तुले मंसिर २ गतेदेखि महोत्सवको आयोजना गरेको हो । स्थानीय कृषि उत्पादनको प्रचारप्रसार, बजारीकरण, धार्मिक एवं पर्यटकीय स्थलहरुको प्रवद्र्धन र बहादुरगन्जस्थित सर्पदंश उपचार केन्द्रलाई आर्थिक सहयोग गर्ने उद्देश्यले महोत्सव संचालन गरिएको महोत्सव मूल आयोजक समिति संयोजक पोखरेलले बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ