मंसिर १९ पर्वत । अग्ला पुलै पुलको जिल्लाका रुपमा पर्वत जिल्ला चिनिनै गर्दा जिल्लामा भर्खमात्रै सम्पन्न भएको पुलको निकै आलोचना हुन थालेको छ ।बडागाउँ मुडिकुवा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सर्वसाधरणको लागि खुला गरेको हप्ता दिन वित्न नपाउँदै पुल हल्लीन थालेपछि सर्वसाधरणहरु चिन्तित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १९ पर्वत । अग्ला पुलै पुलको जिल्लाका रुपमा पर्वत जिल्ला चिनिनै गर्दा जिल्लामा भर्खमात्रै सम्पन्न भएको पुलको निकै आलोचना हुन थालेको छ ।बडागाउँ मुडिकुवा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सर्वसाधरणको लागि खुला गरेको हप्ता दिन वित्न नपाउँदै पुल हल्लीन थालेपछि सर्वसाधरणहरु चिन्तित"/>
2026-09-20 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण सम्पन्न भएको हप्तादिन नपुग्दै पुल हल्लिन थाल्यो

मंसिर १९ पर्वत । अग्ला पुलै पुलको जिल्लाका रुपमा पर्वत जिल्ला चिनिनै गर्दा जिल्लामा भर्खमात्रै सम्पन्न भएको पुलको निकै आलोचना हुन थालेको छ ।बडागाउँ मुडिकुवा झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सर्वसाधरणको लागि खुला गरेको हप्ता दिन वित्न नपाउँदै पुल हल्लीन थालेपछि सर्वसाधरणहरु चिन्तित बनेका छन् ।  ७ वर्ष मोदीखोला माथि बनेको कुस्मा–ज्ञादी झोलुङ्गे पुलको निर्माण भएसँगै पर्वतमा अग्ला पुल बनाउने लहर नै चलेको थियो ।
    बडागाउँ देखि मुडिकुवा जोड्न झोलुङ्गे पुल सम्पन्न भएको हप्ता दिन वित्न नपाउँदै पुल हल्लीन थालेको सर्वसाधरणले बताएका छन् ।
    शनिवार मुडिकुवा  पुल पारि बनभोज खान तथा पुल     वारपार गर्न गएका सर्वसाधरणहरु फुल जोखिपूर्ण रहेको बताए । पुलको निर्माण कार्य सम्पन्न भएता पनि कमजोर  बनेको सर्वसाधरण बताउँदै थिए ।
    पुलको विच भाग र मुडिकुवाको साइटमा बढि हल्लने गरेको र पिङ खेलेको अनुभव भएको सर्वसाधरणको भनाई थियो ।  मुडिकुवाका पुर्व गाविस सचिव बाल मुकुन्द घिमिरेले पुल निर्माण कार्य सम्पन्न भएता पनि कमजोर हुनुको साथै खतरा भएको बताए ।
     उनले उक्त पुल निर्माण कार्य सम्पन्न भएता पनि पुलका छेउछाउमा अझै पनि आवश्यक नट राम्रोसँग नकसिएको र साइटका लट्ठाहरु समान दुरीमा       नरहेकोले यस्तो समस्या आएको हुन सक्ने बताए । हप्ता दिनमानै पुलमा आवतजावत गर्नको लागि खतरा देखिएको सर्वसाधरणको भनाई थियो ।  शनिबार पुलमा मानिसहरुको चाप अत्याधिक रहेको थियो । सयौको संख्यामा पुल वारपार गर्नेको भीड लागेको थियो । हप्तादिन नवित्दै पुल हल्लीन थालेपछि कतिपयले पुलमा अनियमितता हुन सक्ने भन्दै छानविन गर्नुपर्ने बताएका छन् ।
    १ करोड भन्दा बढिको लागतमा बनेको  उक्त पुल तीन सय ६३ मिटर लम्बाई र एक सय ६२ मिटर उचाईमा रहेको छ ।  बडागाउँ–मुडिकुवा पुल निर्माण भएसँगै पर्वतका करिब ३५ गाविस र बाग्लुङका १ दर्जन बढि गाविसका वासिन्दाहरुलाई सहजता मिलेको छ । पुलहरुको निर्माण भएसँगै स्थानीयवासीहरुलाई सदरमुकाम आउन लाग्ने समयको बचत भएको छ भने स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन समेत सहज भएको छ । यसका साथै पुलको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण पर्यटकिय चहलपहल बढ्नुका साथै कुस्माको व्यापार व्यावसायमा समेत बृद्धी भएको छ । तर पुल हल्लीन थालेपछि बने मानिसमा डर र क्रास बढ्न थालेको छ ।
अहिले हरेक दिनका साथै शुक्रबार र शनिबार विद्यालयहरुको शैक्षिक भ्रमण तथा धौलागिरीका विभिन्न क्षेत्रमा आउने पर्यटकहरु पुलमा पुग्ने गर्दा पर्यटकिय गतिविधि समेत बढ्दै गएको छ । यी पुलहरु संगै चालु आर्थिक वर्षमा पर्वतका बिभिन्न गाउलाई एकबाट अर्को गाउसम्म जोड्न आकासे पुल निर्माणको क्रम बढ्दो छ । अझै माग भई आएका बाकी पाच आकासे पुललाई जिल्ला विकासले निर्माणको प्राथमिकताको सूचिमा राखेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । नेपाल सरकार र डोलिडारको सहयोगमा बनेका यी पुलहरु नेपालमै उदाहरणीय पुलहरु हुन् । सस्पेन्सन मोडलमा बनेका यी पुलको परिक्षण पर्वतमा पहिलो पटक गरिएको भएपनि अहिले देशका अन्य ठाउँमा समेत निर्माण हुने क्रम बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो