पर्वत मंसिर २५ गते । जिल्लामा संचालनमा रहेका अधिकांश सहकारीले ग्राहकबर्गलाई मात्रै नभइ महिलाहरुको श्रम शोषणा गरेको भेटिएको छ ।

सहकारी संघसंस्थाहरुले बचत उठाउनको लागि महिलाहरुको प्रयोग गर्ने तर  पारिश्रमिक भने सोही अनुसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत मंसिर २५ गते । जिल्लामा संचालनमा रहेका अधिकांश सहकारीले ग्राहकबर्गलाई मात्रै नभइ महिलाहरुको श्रम शोषणा गरेको भेटिएको छ ।

सहकारी संघसंस्थाहरुले बचत उठाउनको लागि महिलाहरुको प्रयोग गर्ने तर  पारिश्रमिक भने सोही अनुसा"/>

2026-09-20 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अधिकांश सहकारीमा महिला श्रम शोषण

पर्वत मंसिर २५ गते । जिल्लामा संचालनमा रहेका अधिकांश सहकारीले ग्राहकबर्गलाई मात्रै नभइ महिलाहरुको श्रम शोषणा गरेको भेटिएको छ ।

सहकारी संघसंस्थाहरुले बचत उठाउनको लागि महिलाहरुको प्रयोग गर्ने तर  पारिश्रमिक भने सोही अनुसारको नदिने गरेको देखिएको छ । जिल्लाको एक सहकारी संस्थामा काम गर्ने युवतीका अनुसार सहकारीले श्रमको शोषण गरेका छन् । उनका अनुसार अधिकांश सहकारीले बचत उठाउने महिलाहरुलाई न्यून पारिश्रमिक दिने गरेका छन् । आजको सहारान्यूजले खबर छापेको छ । 

मासिक ३ हजार देखि अधिकतम ५ हजारसम्म बचत तथा ऋण उठाउनेहरुलाई मासिक तलब दिइने गरिएको छ । भने व्यवस्थापकलाई मासिक ७ देखि ८ हजारसम्म दिने गरेको पाइएको बताइन्छ । तर   सहकारीकले      गरेको श्रम शोषणको छानविन तथा अनुगमन कसैले पनि गर्न सकेको अबस्था छैन ।  सहकारीले मासिक तलक कम दिने गरेको तर भनौ भने जागिर बाट हात धुनुपर्ने अबस्था रहेकोले पनि सहकारीको विरुद्धमा आफुहरु बोल्न नसकेको सहकारीमा बचत उठाउँदै आइरहेका युवतीहरुको गुनासो छ ।


काम धेरै गर्नुपर्छ तर तबल सुविधा कम छ कसलाई भन्ने भनौ भने त्यहि जागिरबाट पनि निस्कनुपर्ने बाध्यता हुन्छ त्यसैले चुप छौं सहकारीमा काम गर्ने एक युवतीको भनाई । सहकारीले पछिल्लो समयमा कलकर्जाको नाममा ऋणकर्ताबाट अत्याधिक रुपमा व्याज लिने गरेका छन् । 

कल कर्जा भन्दै ५० हजारको दैनिक १ सय देखि २ सयसम्म कर लिने गरेका छन् । सहकारीको नाउमा पछिल्लो समयमा महिलामाथि श्रम शोषणा तथा बचत र ऋणीहरुलाई चकौ व्याजदर लिने गरेको पाइएको छ ।


सहकारी कर्मचारीको व्यवस्था नभएकोले संस्थालेनै आफ्नो आन्तरकि नियमावली अनुसार कर्मचारी राख्ने भएकोले महिला शोषण भएको भन्न नमिल्लने सहकारी अधिकृत विष्णु प्रसाद शर्माले बताए । सहकारी संस्थाले सरकारी तलब सुविधा अनुसार राख्न सक्ने अबस्था पनि नरहेको तर कतै कतै सरकार तलब अनुसार पनि कर्मचारी परिचालन गरेको भेटिएको उनको तर्क छ । सहकारीले आफ्नो नियमावली अनुसार करारमा कर्मचारी राखेको हुदाँ शोषणा नभएको तर  बेरोजगारका कारण पनि कम सुविधामा श्रम गर्न बाध्य रहेको उनले बताए ।सहकारीमा बचत बचतमा ३  प्रतिशत र बचत ऋणमा ६ प्रतिशत व्याज बाहेक  बढी लगाउन नमिल्लने शर्माले बताए । पछिल्लो समयमा सहकारीमा बढेको कलकर्जाको भन्ने कर्जा सहकारी ऐनमा नभएको भन्दै त्यसविषयमा उजुरी परे छानविन हुने शर्माले बताए ।कल कर्जा भनेको के हो सहकारीले पुष्टि गर्न सक्नुपर्ने अन्यथा कारवाही हुने भन्दै कलकर्जा सहकारी ऐनमा नभएको कर्जा भएको उनले बताए । बजारमा पछिल्लो समयमा  सहकारीहरुले कल कर्जाको नाममा व्याज धेरै लिने गरेको सुनिएता पनि त्यसविषयमा उजुरी नपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो