2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुडी खोलामा पुल नबन्दा स्थानीयलाइ सास्ती

मंसिर ३०, मोरङ । भौडाहा गाविस शीतपुरस्थित जुडी खोलामा पुल नबन्दा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । 

सात वर्षअघि सो पुलका लागि सरकारले बजेट विनियोजन गरेको थियो । तर अहिलेसम्म उक्त पुल निर्माण हुन सकेको छैन । आव २०६६÷६७ मा रु दुई करोड ४० लाखको लागतमा सो पुल निर्माणका लागि खाम्पाटे, धुलिखेल र हिमालयन कन्स्ट्रक्सनसँग सम्झौता भएको हो । 

हिमालयनले केही समय काम गरेर छाडेपछि खाम्पाटे र धुलिखेल कन्स्ट्रक्सनले निर्माण कार्यको थालनी गरेको सो कम्पनीका प्रतिनिधि रञ्जीत नेपालले बताउनुभयो । चालु आवको अन्त्यसम्ममा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । हिमालयन कन्स्ट्रक्सनको लापरबाही र नियमनकारी निकाय सुनसरी–मोरङ पुल योजनाको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो । 

करिब छ वर्षअघि निर्माण कार्य सुरु भएको हो । स्थानीयवासी जितनारायण सरदार वर्षायामा पुल नभएका कारण सास्ती खप्नु परिरहेको बताउनुहुन्छ । “बालबालिका विद्यालय जान सक्दैनन्,” उहाँले भन्नुभयो । 

गाविसको सहयोगमा बर्सेनि सो खोलमा वैकल्पिक रुपमा बाँसको पुल निर्माण गरिँदै आएको छ । तर बाढीले बर्सेनि बगाउने गरेको छ । सुनसरी–मोरङ पुल आयोजनाका प्रमुख कैलाश शाहले ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य ढिलो भएको बताउनुभयो । चालु आवभित्रमा सो पुल निर्माण सम्पन्न नगरे ठेकेदारलाई कारबाही गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई