पर्वत ।  जिल्लामा     रहेका दुइ संस्थाले छुट्टाछुट्टै विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेका छन् ।  सामाजिक तथा मानविय क्षेत्रमा काम गर्दै  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  जिल्लामा     रहेका दुइ संस्थाले छुट्टाछुट्टै विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेका छन् ।  सामाजिक तथा मानविय क्षेत्रमा काम गर्दै  "/>
२०८३, ९ जेष्ठ शनिबार
अर्थ/विकास

६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२०७३, १० पुष आईतवार १३:४८

पर्वत ।  जिल्लामा     रहेका दुइ संस्थाले छुट्टाछुट्टै विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेका छन् ।  सामाजिक तथा मानविय क्षेत्रमा काम गर्दै  आइरहेको जिल्लामा रहेको सवैभन्दा जेठो र पुरानो पर्वत मिलन क्लब र सर्पोट नेटकर्व फाउडेशनले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री तथा पोशाक हस्तान्तरण गरेका हुन् । मिलन क्लबले कुश्मा नगरपालिका अन्तरगत खरेहा प्रथामिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी क्लबले शैक्षिक सामाग्री वितरण गरेको   हो । 


विद्यालयमा रहेका ३२ जना विद्यार्थीलाई जनही आधा दर्जन कपी, कलम, पेन्सिल,    इरेजर क्लबले वितरण गरेको हो । सोही कार्यक्रममा क्लबले विद्यालयमा प्रथम भएका बालबालिकाहरुलाई हौसला स्वरुप पुरस्कार समेत प्रधान गरेको थियो । उक्त शैक्षिक सामाग्री १० हजार बराबरको रहेको र उक्त सामाग्री धौलागिरी डिजिटल छापाखानाका प्रोपाइटर कृष्ण बहादुर श्रेष्ठले उपलब्ध गराएको क्लबले जनाएको छ ।

क्लबको सल्लाहकार, पदाधिकारीको टोली खरेहा प्राविमा पुगेर शैक्षिक सामाग्री वितरण   गरेको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद पाध्यायले विद्यालयमा  रहेका विद्यार्थाीलाई शैक्षिक सामाग्री वितरण गरेर क्लबले आफ्नो भूमिका निर्वाह गरेको बताए । 


उनले जिल्ला रहेर विभिन्न सामाजिक कार्यमा आफ्नो सक्रियता देखाउदै आएको क्लबले विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेर बालबालिकाको हौसला प्रधान       गरेको बताए ।विद्यालयका प्रधानध्यापक नारायण गिरीले क्लबको सहयोगको प्रशंसा गरे । उनले जिल्लामा धेरै संघसंस्था र क्लब भएता पनि पर्वत मिलन क्लबको गरिमा र उसको कामलाई कसैले पनि उछिन्न नसकेको    बताए ।  उनले आगामी दिनमा पनि विद्यालयका सहयोग गर्न र विद्यार्थीको हौसला बढाउनको लागि पहल गर्नको लागि अनुरोध गरे ।

कार्यक्रममा बोल्दै क्लबका संस्थापक सल्लाकार विष्णु नेवारले सदरमुकाम हातामा रहेको विद्यालयको अस्था र यहाँको विद्यार्थीको चाप देख्दा दुख लागेको बताए । नगरपालिका भित्र भएको जिल्लाका पुरानो विद्यालय ओझेलमा पर्नु आफैमा दुखद भएको बताए ।  क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठले आफुहरु विद्यलायमा आउदा दुर्गम जिल्लाको विकट र सवै सुविधाबाट बंञ्चित भएको विद्यालयमा आएको महसुुस भएको बताए । सदरमुकामसँग जोडिएको विद्यालयको अबस्था दयनीय देख्दा दुख लागेको    बताए । 


उनले क्लबले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने क्रममा यस विद्यालयलाई पनि सहयोग गर्ने बताए । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि र विद्यार्थीको चाप बढाउनको लागि सरोकारवाला निकायले समयमानै ध्यान दिनुपर्ने औलाए । श्रेष्ठले आगामी दिनमा पनि विद्यालयलाई क्लबले सक्ने सहयोग गर्ने भन्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्ध गर्न सकेमा र           सरोकारवाला निकायको ध्यान गएमा मात्र विद्यालय जिवित रहने अन्यथा एक दिन विद्यालय शुन्यमा पुग्ने सुझाए । क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन क्लबका महासचिव विनोद वि पोख्रेलले गरेका थिए ।

त्यस्तै सर्पोट नेटवर्क फाउडेशनले जिल्लाको ठूलीपोखरी गाविसमा रहेको शहिद शुक्र प्राविमा रहेका २८ जान विद्यार्थीलाई एक लाख बराबरको शैक्षिक सामाग्री वितरण      गरेको हो । सहायता जीवनका लागि भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाले जिल्लामा विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेको छ । उक्त कार्यक्रममा  रमेश शर्मा लामीछाने डेस, ख्याम लामिछाने  स्वृटर, राजेन्द्र लामिछाने जुत्ता मोजा, कुल प्रसाद शर्मा स्टेशनरी तथा आमा समुहको लागि पाल, कृष्ण प्रसाद लामिछाने झोला, हेमराज लामीछाने कुल प्रसाद लामीछाने कार्पेट 

सरस्वती वस्नेत कामना रेग्मी विजया जोशी देवी श्रेष्ठले सावुन विस्कुट कोलगेट र व्रस सहयोग गरेको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष टंक लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कामना रेग्मीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ