प्रभात सुवेदी । पौष १३, बर्दिया ।

मङ्गलबार  टिकापुरको गोदावरीमा गौहत्याको विरोधमा गरिएको मध्य तथा सुदुर पश्चिमको सामान्य प्रभाव । अनि सडकमा छिटपुट रुपमा गुडिरहेका केही हलुका सवारी साधनहरु भने कतिखेर सुनसान सडक । श्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । पौष १३, बर्दिया ।

मङ्गलबार  टिकापुरको गोदावरीमा गौहत्याको विरोधमा गरिएको मध्य तथा सुदुर पश्चिमको सामान्य प्रभाव । अनि सडकमा छिटपुट रुपमा गुडिरहेका केही हलुका सवारी साधनहरु भने कतिखेर सुनसान सडक । श्र"/>

2026-07-10 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पगाहामै पघ्रियो सारा जिन्दगी

2016-12-28

प्रभात सुवेदी । पौष १३, बर्दिया ।

मङ्गलबार  टिकापुरको गोदावरीमा गौहत्याको विरोधमा गरिएको मध्य तथा सुदुर पश्चिमको सामान्य प्रभाव । अनि सडकमा छिटपुट रुपमा गुडिरहेका केही हलुका सवारी साधनहरु भने कतिखेर सुनसान सडक । श्रीमतीलाई अगाडि लगाएर घुईँघुईँ लाठीमा बेरिएको डोरी घुमाउन लगाएर आफूले भने मेशीनलाई बुझो लगाएजस्तै गरी करिब चालीस हातको दूरी भएपछि रोकिनुहुन्थ्यो वहाँ ।


यो दृश्य मंगलबार महम्मदपुर गाविसको गणेशपुरनिरको हुलाकी सडकमा देखिएको दृश्य हो ।  कामता कुछवधिया जो उमेरले ६० वर्ष नाघिसक्नुभएको छ । जन्मथलो भारत भएपनि वहाँ नेपाल आएको ३० वर्ष भयो । यहाँ आएर पनि पूर्खाहरुले यसैगरी डोरी बाटेर र लोहोरा, सिलौटा बनाएर बेचेर नै जीवन निर्वाह गरे म पनि यही गर्दैछु । 

वहाँ भन्नुहुन्छ, ‘पुर्खाहरुले यही गरे हामीले पनि यहि गर्दैर्छौँ, मेरा ५÷६ जना सन्तानहरु पनि यही पेशा गर्छन्, खेतीबारी केही छैन अहिले यही सिजन छ यही बनाउँदैछौँ यसैमा हाम्रो जीवन आश्रित रहेको छ’, काम्ता भन्नुहुन्छ । खासगरी कात्तिक, मंसिर, पुष, खासगरी महिना धानको सिजन भएकोले पनि यसरी डोरी बनाउने गरेका छौँ । बाँकी सिजनमा भने लोहोरा, सिलौटा, जाँतोहरु बनाएर बेच्ने गरेका छौँ भन्नुहुँदै यसैबाट २ चार हजार भएपनि आम्दानी हुने भएकोले निरन्तरता दिएको बताउनुहुन्छ । 


यसरी बनाएको डोरीलाई स्थानीय भाषामा पगाहा भनिदो रहेछ । यसलाई ९ सरा र चालीस पचास हात सम्म बनाइने रहेछ । एउटा पगाहा तयार गर्नका लगि दिनभरी नै लाग्ने रहेछ । तर मिहिनेत अनुसारको आम्दानी नभएपनि यसैगरी आजसम्मको जिन्दगी वित्यो अव बाँकी जिवन पनि यसैगरी विताउने हो, वहाँ भन्नुहुन्छ । 

यसका लागि मकैबारी तथा रहरबारीका बीचमा गरिने पाट (सनपाट) लाई पानीमा कुहाएर तयार गरिए को रेशालाई प्रयोग गरेर पगाहा तयार गरिन्छ । यसको कच्चा पाट कालबञ्जार तथा रतनापुरबाट क्षेत्रबाट प्रतिकिलो असी रुपैँयामा ल्याएर यसरी पगाहा बाटिने रहेछ । 

यसरी बनाएको डोरीलाई कसैले लडियामा, डनलपमा, ट्रयाक्टरमा, पिङ बनाउन र घरयारी प्रयोजनका लागि विक्री हुने कुरा बताउनुहुन्छ  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो