2026-09-19 01:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा बिधुतिकरण गर्ने सम्झौता भएको तीनबर्षसम्म पनि काम सम्पन्न भएन

पंकज धामी/पुस २१, दार्चुला । दार्चुला विद्युत्त प्राधिकरणले आर्थिक बर्ष २०७०/७१ मा जिल्लाको विद्युत्तीकरण गर्नका लागि जिल्लाभरी १५ वटा ठेक्का सम्झौता गरी काम थालेको तीन बर्ष पूरा हुँदा पनि अझै १० वटा ठेक्काहरुको काम सम्पन्न भएको छैन् ।

 बेलाबेला हुने पोल र तार अभावका कारण ठेक्का लम्बीएको दार्चुला विद्युत्त प्राधिकरणले जनाएको छ । जिल्लाका विभिन्न २५ वटा गाविसमा विद्युत्तीकरण गर्ने उद्देश्यले तीनबर्ष पहिले टेन्डर आह्वान गरि काम गर्ने सम्झौता भएको भएपनि हालसम्म पाँचवटा ठेक्काहरु मात्रै सम्पन्न भएका छन् ।

 जिल्लाको शंकरपुर, हुनैनाथ, ग्वानी, पीपलचौरी, र ब्रह्मदेबमा मात्रै सम्झौता अनुसारको काम सम्पन्न भएको हो । त्यसैगरी देथला र गोकुलेश्वरमा हालपनि काम चलिरहेको छ ।

 यस आधारमा लगत्तै गोकुलेश्वर र लालीमा सम्झौता अनुसार काम सम्पन्न हुने अवस्थामा रहेको दार्चुला विद्युत्त प्राधिकरणका प्रमुख इन्जीनियर रामदिनेश चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी अन्य ठेक्काहरुमा विद्युत्त पोल र ट्रान्सफर्मर नहुँदा काम ठप्प रहेको छ । पहिले नै सम्झौता गरिएका ठेक्काहरु सम्पन्न नभएपछि गत आर्थिक बर्ष र चालु आर्थिक बर्षको साढे ३ करोड रुपैया पनि खर्च गर्न नसकिएको प्राधिकरण प्रमुख चौधरीको भनाई छ ।

अपि नगरपालिका १५ थालीगाडमा बन्न लागेको विद्युत्त सबस्टेसन र गोकुलेश्वर दार्चुला १ सय ३३ केभी विद्युत्त प्रशारण लाइनको काम पनि हाल चलिरहेको प्राधिकरण प्रमुख चौधरीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई