महेन्द्र केसी, पर्वत ।

कुश्मा नगरपालिकाको नगरपरिषद सम्पन्न भएको छ । नगरपरिषदले आव  ०७४।७५ का लागि  १६ करोड ४० लाख ४२ हजार ५ सयको कुल बजेटको प्रस्ताब गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, पर्वत ।

कुश्मा नगरपालिकाको नगरपरिषद सम्पन्न भएको छ । नगरपरिषदले आव  ०७४।७५ का लागि  १६ करोड ४० लाख ४२ हजार ५ सयको कुल बजेटको प्रस्ताब गरेको छ ।

2026-09-20 03:53 AM
अर्थ/विकास

कुश्मा नगरपालिकाको नगरपरिषद सम्पन्न आव ०७४।७५ लागि १६ करोड ४० लाख ४२ हजारको बजेट सार्वजानिक

महेन्द्र केसी, पर्वत ।

कुश्मा नगरपालिकाको नगरपरिषद सम्पन्न भएको छ । नगरपरिषदले आव  ०७४।७५ का लागि  १६ करोड ४० लाख ४२ हजार ५ सयको कुल बजेटको प्रस्ताब गरेको छ ।

कुश्मा नगरपालिकाका कार्याकारी प्रमुख कुमानसिंङ गुरुङले कुश्मा नगरपालिकाको नगरपरिषद मार्फत आव ०७४।०७५ का लागि रकम बाँडफाँड तथा विनियोजन गरेका हुन् ।  परिषदले  चालु तर्फ केन्द्रिय अनुदान ५० लाख ६० हजार प्रस्ताब गरेको छ त्यस्तै आन्तरिक चालु तर्फ चालु बजेट १ करोड ५० लाख ६२ हजार ५ सय तथा सामाजिक सुरक्षा तर्फ ५ करोड ७३ लाख गरी ७ करोड ३९ लाख २२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । 

त्यस्तै पूर्जीगत बजेट तर्फ पुर्जीगत निसर्त केन्द्रिय अनुदान २ करोड ९४ लाख ९२ हजार, नगरक्षेत्रको पूर्वधार विकास कार्यक्रम तर्फ १ करोड ५६ लाख ९० हजार, ठूला पूर्वधार तर्फ  १ करोड , आन्तरिक पूर्जी तर्फ १ करोड ३४ लाख,३७ हजार ५ सय रुपैयाँ, सडक बोर्ड नेपाल तर्फ १५ लाख , जगेडा कोष भौतिक निर्माण तर्फ २ करोड गरी पूर्जीगत बजेट ९ करोड १ लाख १९ हजार ५ सय रुपैयाँ गरी जम्मा १६ करोड ४० लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्ताब गरेको छ ।

प्रस्तुत बजेट मध्य समपुषक कोषका लागि ७६ लाख, ७ हजार , विभिन्न कोष तथा विशेषहरु तर्फ ११ लाख, लक्षित बर्गातर्फ ७६ लाख ४४ हजार, आर्थिक, सामाजिक, भौतिक पूर्वधार विकास तर्फ १ करोड ४१ लाख ९६ हजार, ठूला पूर्वधार तर्फ १ करोड र नगरक्षेत्र पूर्वधार तर्फ १ करोड ५६ लाख ९० हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै जगेडा कोष तर्फ नगरपालिका भवन निर्माणका लागि १ करोड र बाद्रेबेणी बसपार्क निर्माणको लागि १ करोड रुपैयाँ प्रस्ताब गरिएको छ । आन्तरिक स्रोत तर्फ २ करोड ५० लाख मध्ये चालु तर्फ  १ करोड १५ लाख ६२ हजार ५ सय र पूर्जीगत तर्फ एक करोड ३४ लाख ३७ हजार ५ सय रुपैयाँ बजेट प्रस्ताब गरिएको छ ।

कुश्मा नगरपालिकाको नगरपरिषदमा  जिल्ला अदालतका न्यायधिस महोनराज भट्टराई, प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनी, स्थानिय विकास अधिकारी युवराज पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा सवैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसले भने सहभागीता जनाएन जसका कारण नगरपरिषदमा आगामी दिनमा राजनीतिक विवाद थिपिने हो कि भन्ने आम नागरिकमा चिन्ता थपिएको छ । कार्यक्रममा अरु दलहरु सहभागीता जनाएता पनि काँग्रेसले भने बहिष्कार गरेको छ । काँग्रेसले सांसद अर्जुनप्रसाद जोशीलाई प्रमुख अतिथि बनाउने प्रस्ताब राखेकोमा अन्य दलहरुले नामानेकोले काँग्रेसले परिषद बहिष्कार गरेको बुझिएको छ ।

नगरपालिकाले आगामी दिनमा नगरपालिकाकालाइ कस्तो बनाउने भन्ने बारेमा नगरको विकासको लागि विभिन्न नीति लिएको छ जस अन्तरगत नगर क्षेत्रमा ठूलो परिणाममा रहेको एलानि प्रति जग्गा संरक्षण गर्न सार्वजानिक गर्न सार्वजानिक समिति गठन गरी सार्वजानिक गर्न संरक्षण गर्न अभियान संचानल गर्ने र  यसका लागि विनियोजित बजेटको अतिरित्त सामाजिक परिचालनको माध्यमबाट टोलसुधार समिति तथा अन्य सामाजिक संघसंस्थाको सहयोग लिने, बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ को प्रभावकारी कार्यान्वयन गर्ने, भूकम्पीय जोखिम न्यूनिकरणका लागि भवन सम्बन्धी आधारभूत मापदण्ड कडाइका साथ लागू गर्ने, फोहोरमैला व्यवस्थापनलाई शुन्य फोहोरको अबधारण अनुसार कुहिने फोहोरलाई कडाइका साथ घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोरलाई पुन प्रयोग तथा सरसफाई केन्द्रमा जम्मा गरि विक्रिवितरण गर्ने, जनसहभागिता कम हुने तथा  लागत सहभागता शुन्य भएकोले दिगो विकासको अबधारणा अनुसार नभएकोले विकास निर्माणको प्रत्येक योजना ३० प्रतिशत लागत सहभागिता अनियार्व गर्ने, नगरपालिकाको सम्मुख र गुरुयोजना निर्माण गर्न र व्यवस्थीत शहरको रुपमा विकास गर्ने नीति ल्याउने, कुश्मा नगरपालिकामा सवारी साधनको चाप बढ्दो क्रममा रहेको र पार्किङको समस्याका कारण दुर्घटना हुने क्रम बढेकोले बसपार्क निर्माण कार्य तत्तकाल शुरु गर्ने , कुश्मालाई ब्रिज सिटिका रुपमा स्थापित गर्ने लगायतका योजना तथा नीति तथा कार्यक्रम ल्याएको छ ।

कुश्मा नगरपालिकाको ०७४र७५ को निती, कार्यक्रम तथा बजेटबारे थप जानकारीको लागि यहाँ क्लिब गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो