दिनेश ठकुल्ला/पुस २८, धनगढी । सुदूरपश्चिममा बैंक तथा वित्तिय संस्थाहरुले संकलित निक्षेप भन्दा बढी कर्जा लगानी गरेका नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यद्यपि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/पुस २८, धनगढी । सुदूरपश्चिममा बैंक तथा वित्तिय संस्थाहरुले संकलित निक्षेप भन्दा बढी कर्जा लगानी गरेका नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यद्यपि"/>
2026-07-11 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिममा कर्जा लगानी उत्साहजनक: राष्ट्र बैंक

2017-01-12

दिनेश ठकुल्ला/पुस २८, धनगढी । सुदूरपश्चिममा बैंक तथा वित्तिय संस्थाहरुले संकलित निक्षेप भन्दा बढी कर्जा लगानी गरेका नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यद्यपि बैंक तथा वित्तिय संस्थाहरुको लगानी कैलाली, कञ्चनपुरमा केन्द्रीत छ । पहाडी जिल्लामा लगानी न्यून देखिन्छ ।

नेपाल राष्ट्र बैंक धनगढीको तथ्यांकअनुसार यस क्षेत्रमा रहेका २ सय ३ वटा वर्गीकृत बैंक तथा वित्तिय संघसंस्थाहरुले हालसम्म ३७ अर्ब ५४ करोड रुपैया निक्षेप संकलन गरेकामा ६० अर्ब ४४ करोड कर्जा लगानी गरेका छन् । २०७२ साल असारसम्म यस क्षेत्रमा बैंक तथा वित्तिय संस्थाको लगानी ३७ अरब ३९ करोड रहेको थियो ।

बैंक तथा वित्तिय संस्थाहरुको लगानी कैलाली, कञ्चनपुरमा केन्द्रीत हुँदा पहाडी जिल्लाहरुमा भने निक्षेप भन्दा लगानी निकै कम छ । दुई जिल्लामा गरिएको लगानी झण्डै ५६ अर्ब अर्थात कुल लगानीको ९२ प्रतिशत भन्दा बडी रहेको छ । सुदूरपश्चिममा सबै भन्दा बढी ८४ बैंक तथा वित्तिय संस्था रहेको कैलालीमा क्षेत्रभरी भएको लगानीको ७२ प्रतिशत भन्दा बढी लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

कैलालीमा १८ अर्ब ९ करोड निक्षेप संकलन भएको र ४३ अर्ब ७० करोड लगानी भएको नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रृत थापाले जानकारी दिनुभयो । कञ्चनपुरमा ९ अर्ब १० करोड निक्षेप संकलन भएकोमा १२ अर्ब २६ करोड लगानी भएको उहाले बताउनुभयो  ।

यस्तै डडेल्धुरामा २ अर्ब २९ करोड निक्षेप संकलन भएकोमा १ अर्ब ४० करोड, डोटीमा १ अर्ब ९६ करोड निक्षेप र ८२ लाख कर्जा तथा बैतडीमा १ अर्ब ६३ करोड निक्षेप संकलन भएकोमा ७२ करोड लगानी रहेको राष्ट्र बैंक धनगढीको तथ्यांक छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अछाममा ७८ करोड निक्षेप र ४५ करोड कर्जा, दार्चुलामा १ अर्ब २५ करोड निक्षेप र ५९ करोड लगानी, बाजुरामा ६७ करोड निक्षेप र २४ करोड लगानी तथा बझाङमा ९६ करोड निक्षेप र २६ करोड लगानी रहेको छ ।

कञ्चनपुरमा ४४, डडेल्धुरामा १४, डोटीमा १२, बैतडीमा ९, अछाममा १७, दार्चुलामा ८, बाजुरामा ६ र बझाङमा ७ वटा बैकिंड्ड कारोबारको अनुमति पाएका क, ख, ग र घ वर्गका बैंक तथा वित्तिय संस्थाहरु रहेका राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक थापाले सुदूरपश्चिममा बैंक तथा वित्तिय संस्थाको समष्टिगत कर्जा लगानी विगतको तुलनामा उत्साहजनक रहेको बताउनुभयो  । सुदूरपश्चिममा बैंक तथा वित्तिय संस्थाहरुको लगानी बढ्दै गईरहेको उहाले बताउनुभयो  ।

बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा निक्षेप संकलन गरि अन्य क्षेत्रमा लगेर लगानी गर्ने गरेको भन्ने आरोप लाग्ने गरे पनि तथ्यांक हेर्दा त्यस्तो नदेखिएको उहाको भनाई थियो । ‘बैंक तथा वित्तिय संस्थाहरुले सुदूरपश्चिममा लगानी गर्दैनन्, निक्षेपमात्रै संकलन गर्छन भन्ने सुनिन्छ तर कर्जा लगानी विगतका वर्षहरुमा भन्दा उत्साहजनक रुपमा बढेको छ ।’ निर्देशक थापाले भने–‘सुदूरपश्चिममा संकलित कर्जा भन्दा बढी लगानी भएको देखिन्छ ।’

यस क्षेत्रका धेरै जनता बैंकिड्ड सेवाबाट बाहिर रहे पनि ग्रामीण क्षेत्रमा पनि वित्तिय संस्थाको पहुँच विस्तार हुँदै गएको निर्देशक थापाले बताउनुभयो  । उहाले पर्यटनलाई केन्द्रीत गरेर स्तरीय होटेलहरुमा लगानी बढ्दै जानु र जलविद्युत उत्पादनका संभावनाको पहिचानको प्रयास हुन आर्थिक विकासका लागि सकारात्मक भएको बताउनुभयो  ।

 विगतको तुलनामा कर्जा लगानी उत्साहजनक देखिए पनि यस क्षेत्रमा पूर्वाधारमा राज्य र वित्तिय संस्थाहरुको ठोस लगानी आवश्यक रहेको उहाले बताउनुभयो  । गरिबी, भौगोलिक विकटता, श्रमशक्तिको पलायन, वित्तिय साक्षरताको अभाव, सामाजिक आर्थिक सुरक्षाको अभावजस्ता कारण आर्थिक तथा वित्तिय विकासका चुनौती रहेका बताउनुभयो  ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले वाणिज्य बैंकले लगानीको २० प्रतिशत उर्जा र कृषिमा अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गरिएको बताउनुभयो  । त्यसमध्ये पनि १५ प्रतिशत उर्जा र कृषिमा लगाउन अनिवार्य गरिएको उहाले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट