2026-10-18 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लालीगुराँसको बजेट नौ करोड, पर्यटन र पुर्वाधार विकास प्राथमिकतामा

प्रकाश धौलाकोटी/तेह्रथुम, २९ पुस । नगर क्षेत्रको पर्यटन विकास, कृषि, खानेपानी, सडक लगायत पुर्वाधार निर्माणलाई जोड दिँदै लालीगुराँस नगरपालिकाले झण्डै साढे ९ करोडको नगर विकास योजना सार्वजनिक गरेको छ । 

नगरपालिकाले विहीबार आयोजना गरेको सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत मणिराम खतिवडाले चालु आर्थिक वर्षको लागि प्रस्तावित ९ करोड ४० लाख ७८ हजार २ सय रुपैयाँको नगर विकास योजना सार्वजनिक गरे । यस्तै आगामी आर्थिक वर्ष २०७४÷०७५ कालागि ८ करोड ६२ लाख ६८ हजार २ सय रुपैयाँको बजेट प्रस्ताव गरिएको कार्यकारी अधिकृत खतिवडाले जनाए । 

बजेटमा नगर क्षेत्रमा पर्यटकीय आकर्षण बढाउन पुर्वाधार विकाससँगै फ्रि वाईफाई कार्यक्रम, सडक, खानेपानी, कृषि पर्यटन प्रवर्धन, होम स्टे प्रवर्धन लगायत कार्यक्रम राखिएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले नगरपालिकाको सीमित श्रोत साधन र आम्दानीले नभ्याएपनि नगरबासीको चाहनालाई कार्यालयले सम्बोधन गर्नुपर्ने बताइन् । 

कार्यक्रममा कांग्रेस नगरसभापति अर्जुन माबोहाङ, एमाले अध्यक्ष लक्ष्मण तिवारी, नेकपा माओवादी केन्द्रका इश्वर श्रेष्ठ, राप्रपाका मनकुमार लिम्बु र संघिय लिम्वुवान मन्च नेपालका गंगालाल सेने लगायतले शुभकामना मन्तव्य राखे । कार्यक्रम कार्यकारी अधिकृत मणिराम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु