2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्रोत जुटाएर खोला नियन्त्रणमा जुट्दै स्थानीयवासी

पुस २९, मोरङ । मोरङको मधुमल्लास्थित नुनसरी बक्राहा खोला नियन्त्रणका लागि स्थानीयवासी स्रोत जुटाएर आफैँ काममा जुटेका छन् । 

खोलाले बाँध फुटाएर गाउँमा पसेपछि सरकारले खोला नियन्त्रणको आश्वासन दिए पनि काम तदारुकता नदेखाएकाले थानीयवासी आफै नियन्त्रणमा जुटेका हुन् । गत असार ७ र २९मा बक्राहा खोलाले बाँध फुटाएर गाउँ पस्दा मधुमल्लाका ४, ५ ,६, ७ र ८ वडाका सयौँ घरपरिवार घरबारविहीन हुनुका साथै दुईजनाको मृत्युसमेत भएको थियो । 

खोलाले मधुमल्ला – ५ को चार ठाउँमा करिब एक किलोमिटर बाँध फुटाएको र हालसम्म पनि सो बाँध मर्मत हुननसक्दा स्थानीयवासी फेरी बर्खामा खोला गाउँपस्ने त्रासमा छन् । 

बाढीले स्थानीयवासीको तीन सय बिगाहा जमिन बगरमा परिणत गराएकाले घरबार बिहिन ३० घरपरिवार त्रिपाल टाँगेर बगरमै बस्दै आएका छन। 

स्थानीय समाजसेवी तथा स्थानीय राजनीतिक दलकोे संयन्त्रबाट नुनसरी, रचना, साखरे बाढिपीडित दैवीप्रकोप न्यूनीकरण उद्धार मूलसमिति गठन गरेर नै खोला नियन्त्रण गर्न सुरु गरिएको हो । 

समितिले खोलामा ढुङ्गा गिट्टी उत्खनन् गर्ने ट्याक्टरबाट दुईदेखि तीन सय रुपैँयासम्म सहयोग रकम उठाएर खोला नियन्त्रणको काम सुरु गरेको छ । गत असोज १ गतेबाट हालसम्म ट्याक्टरबाट उठाइइएको सहयोगबाट रु १० लाख जम्मा भइसकेको समितिका अध्यक्ष डिल्लीराम खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार यसवर्ष मात्रै समितिको पहलमा मधुमल्ला ४ र ५ को सिमाना सापकोटाडाँडामा दुई सय मिटर बाँध बनाइएको छ । यस्तै मधुमल्ला– ४ को शान्ति टोलमा पनि १५० मिटर बाँध बनाइएको उहाँले बताउनुभयो । बाँध जीर्ण भएका अन्य ठाउँमा पनि मर्मत गर्ने काम भइरहेको स्थानीय जङ्ग खत्रीले बताउनुभयो । 

“बर्खा लाग्ने समय सुरु हुन लागिसक्यो सरकारले खोलाले फुटाएको बाँध मर्मतमा चासो देखाएन त्यसैले आफै स्रोत जुटाएर बाँध बनाउन लागियो” खत्रीले भन्नुभयो, “बेलैमा चासो नदिने हो भने आगामी वर्षदेखि गाउँ नै छाड्नुपर्ने बाध्यता हुनेछ । ” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई