माघ २, बिर्तामोड । १९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २, बिर्तामोड । १९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिए"/>

2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

झापास्थित कञ्चनजंघा हस्पिटलद्वारा भूकम्प प्रतिरोधी भवन बनाउदै


माघ २, बिर्तामोड । १९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिएको छ ।

बिर्तामोड–९ सैनिकमोड स्थित दुई विगाह क्षेत्रफल जग्गामा कञ्चनजंघा हस्पिटलले अहिले एक सय वेड क्षमताको हस्पिटल निर्माण गरिरहेको छ । 

भूकम्प सुरक्षा दिवसको अवसरमा भएको छलफलमा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सीपी यादवले २५ करोड रुपैयाँको लागतमा निर्माण हुने हस्पिटलको भूकम्प प्रतिरोधी ‘¥याफ्ट कंक्रिटिङ (फाउण्डेशन)’को काम भइरहेको जानकारी दिए । 

हस्पिटलका अर्का सञ्चालक डा. नित्यप्रसाद(एनपी) खनालका अनुसार ४ जना अनुभवी इञ्जिनियरको प्रत्यक्ष निगरानीमा हस्पिटलको भवन निर्माण भइरहेको छ । ०७२ बैशाखको शक्तिशाली भूकम्पपछि भूकम्प प्रतिरोधी मापदण्ड पूरा गरी बन्दै गरेको झापाको पहिलो भवन कञ्चनजंघा हस्पिटलको भएको इञ्जिनियर नितेष कोइराला बताउँछन् । 

उनीसहित हस्पिटलको तर्फबाट इञ्जिनियर सपोज घिमिरे र निर्माण कम्पनीको तर्फबाट इञ्जिनियरहरु प्रभात मिश्र र रामबाबु यादव प्रत्यक्ष निगरानीका लागि खटिएका छन् । काठमाडौंको इजी इन्फ्र प्रालिले हस्पिटलको निर्माण कार्यको जिम्मेवारी लिएको छ ।

भूकम्पका कारण घर भवन भत्किएर धेरै मानिसको ज्यान गइरहेका बेला हरेक सार्वजनिक तथा निजी घर भवन भूकम्प प्रतिरोधी क्षमताका बनाइनु पर्नेमा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सीपीको जोड छ । भूकम्प प्रतिरोधी मापदण्ड अपनाएर भइरहेको कञ्चनजंघा हस्पिडलको भवन निर्माण कार्यको अवलोकन गरिदिन डा.सीपी र डा. नित्यप्रसादले सरोकारवाला सवैमा आग्रह पनि गरेका छन् ।

भूकम्प प्रतिरोधका लागि हस्पिटलको माटोमुनिको भागमा तीन तह ८ सुते रड विछ्याएर अढाईफिट मोटो ढलान गरिएको र त्यसमाथि चार फिटसम्म माटोले पुरेर ग्राउण्ड लेभल कायम गरिने इञ्जिनियरले बताएका छन् । 

दुईवटा ब्लकमा निर्माण भइरहेको भवन २४ सय स्क्वायरफिटको रहने र दुई/दुई फिट मोटाइ चौडाईका ९६ वटा पिलर रहने बताइएको  छ । लिफ्ट सुविधासहितको भवन १० तलासम्म निर्माण गर्ने क्षमता भए पनि ५ तला मात्र निर्माण गरिने बताइएको छ । हस्पिटलसँगै सो भवनमा स्वास्थ्यकर्मीका लागि आवश्यक युनिभर्सिटीस्तरका विभिन्न तालिम केन्द्रसहित स्थापना गरिने बताइएको छ ।  गौरावती राजवंशी, रामकुमार सिंह राजवंशी, डा. सीपी, डा. नित्यप्रसाद र धिरज थपलियाकोे साझेदारी रहेको कञ्चनजंघा हस्पिटल उक्त भवनमा ०७५ बैशाख १ गतेबाट सञ्चालनमा आउने बताइएको छ ।

उक्त हस्पिटल हाल बिर्तामोड–१ मा सञ्चालनमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई