2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँ महोत्सवमा साढे तीन करोडको कारोवार

माघ ३, दमौली । छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा रु तीन् करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । 

महोत्सवको अन्तिम दिन आइतबार मात्रै ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेको र रु ५५ लाखको आर्थिक कारोबार भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक हरिबहादुर थापाले बताउनुभयो । 

महोत्सवको वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले समापन गर्नुभयो । समापन कार्यक्रममा मन्त्री भण्डारीले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा महोत्सवले टेवा पु¥याउने बताउनुभयो । “स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धन गर्न यस्ता मेला महोत्सवले सहयोग पु¥याउँछ”, मन्त्री भण्डारीले भन्नुभयो । 

महोत्सवका संयोजक कृष्णराज पण्डित, प्रवक्ता ईश्वर विष्ट, महासचिव वैकुण्ठनाथ मिश्र, तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष देवकुमार श्रेष्ठले महोत्सवले आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धनमा टेवा मिल्ने धारणा राख्नु भयो । 

मादी र सेती नदीमा जलविहार, सरकारी कार्यालयबाट दिइने सेवा र सुविधासम्बन्धी स्टल, रमाइलो मेला, कृषि, बाल मेला, सुन्तला, मास आदि प्रर्दशनी महोत्सवको आकर्षण रहेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई