२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुहान दर्ता हुन नसक्दा रोल्पामा करोडौँको खानेपानी योजना अलपत्र

२०७३, ३ माघ सोमबार ०८:२२

माघ ३, रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा सञ्चालन गरिने भनिएको तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ परियोजना लामो समय बितिसक्दासमेत सञ्चालन हुन नसक्दा उपभोक्ता निरास भएका छन् ।

एसियाली विकास बैंकको सहयोगमा लिवाङ नगरपालिका–५, ६, ७ र ८ का झन्डै एक हजार चार सय बढी घरधुरीलाई स्वच्छ खानेपानी तथा सरसफाइको सुविधा दिने गरी परियोजना सुरु हुने भनिए पनि हालसम्म मुहान दर्ता विवादका कारण प्रक्रिया अगाडि नबढ्दा उपभोक्ता निरास भएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ रोल्पाका अध्यक्ष तीर्थ आचार्यले बताए ।

परियोजना सञ्चालनका लागि स्थानीय व्यवस्थापन गरिरहेको लिवाङबजार खानेपानी उपभोक्ता सरसफाइ समितिका अध्यक्ष मानबहादुर खत्रीले ‘डिटेल स्टिमेटको काम अन्तिम चरणमा पुगेको’ जानकारी दिए । “समितिका तर्फबाट गर्नुपर्ने काम गरेका छौँ, जिल्ला जलस्रोत समितिले हालसम्म पनि मुहान दर्ताको प्रमाणपत्र दिन सकेको छैन, मुहान दर्ता प्रमाणपत्र पाउने बित्तिकै परियोजना अगाडि बढ्छ,” खत्रीले भने।

मुहान दर्ता हुन नसक्नुको कारणबारे खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेसँग जिज्ञासा राख्दा स्थानीय उपभोक्तासँग विभिन्न चरणमा छलफल भइरहेको र स्थानीय समुदायको जायज माग पनि सुन्नुपर्ने भएका कारण प्रक्रिया केही लम्बिएको बताए ।

करिब ३६ करोडको लागतमा सो योजना सुरु हुन लागेको खानेपानी उपभोक्ता समितिले बताएको छ । सो बजेटमध्ये ७० प्रतिशत एसियाली विकास बैंकको अनुदान सहयोग र बाँकी बजेट स्थानीय समुदायले व्यहोर्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ